कार्यदलले काम थाल्यो,संयोजकमा निधि



काठमाडौं, (नेस)
लोकतान्त्रिक गठबन्धनको कार्यदलले शुक्रबारबाट काम थालेको छ। शुक्रबार बिहान बसेको बैठकले कार्यदलको संयोजकमा निधिलाई चयन गरेको छ।

त्यस्तै शुक्रबार साँझबाट शुरू भएको अर्को बैठकमा गठबन्धनको सैद्धान्तिक विषयमाथि छलफल शुरू भएको छ। आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनका आधारभूत कुराहरू निर्माण गर्न छलफल भइरहेको छ।

छलफलमा सहभागी फोरम नेपालका नेता रामसहाय यादवले निर्वाचनको विषयमा छलफल जारी रहेको बताउनुभएको छ। शुक्रबार अबेर साँझसम्म गठबन्धनको बैठक जारी रहेको थियो।

प्रतिक्रिया दिनुहोस्