कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी



नेपाल समाचारपत्र,काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । कक्षा १० मा लेटर ग्रेडिङमा मूल्यांकन भएका विद्यार्थीको यो वर्ष ११ मा पनि लेटर ग्रेडिङमै मूल्यांकन हुन लागेको हो । बोर्डले कक्षा ११ को नतिजा निकाल्ने तयारी गरे पनि ग्रेडसिट, जिपिआरए कति हुने भन्ने टुंगो अझै लगाउन सकेको छैन ।

बोर्डले कक्षा ११ मा धेरै विषय र विषयअनुसार टिचिङ आवर र क्रेडिट आवर फरक रहेकाले लामो समयसम्म पनि तयारी पूरा गर्न सकेको छैन ।

बोर्डले यस वर्ष कक्षा ११ र अर्को वर्ष कक्षा १२ मा लेटर ग्रेडिङ पद्धति लागू गर्ने तयारी गरेको छ । यस वर्ष कक्षा ११ को उत्तरपुस्तिकाको परीक्षण अंकमा भएको छ । अंकमा मूल्यांकन भएपछि त्यसलाई अक्षरमा परिणत गर्ने तयारी छ ।

कक्षा ११ मा प्राविधिक विषय, साधारण विषयसमेत छन् । कक्षा १० र ११ को पाठ्यक्रमको तालमेलसमेत नभएकाले पनि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्