कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः चुनावी रणनीतिबारे छलफल



फाइल फोटो

नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बालुवाटार स्थित प्रधानमन्त्री निवासमा जारी छ । जारी बैठकमा पछिल्लो राजनीतिक ध्रुवीकरण र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल भैरहेको निकट स्रोतले जनाएको छ । बैठकमा आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले अपनाउने रणनीतिबारे छलफल चलिरहेको बताइएको छ ।

एमाले–माओवादी–नयाँ शक्ति तालमेल र एकताको घोषणापछि गत बुधबार कांग्रेसले पनि संघीय समाजवादी फोरम, राजपा, फोरम लोकतान्त्रिक, राप्रपालगायतका दलसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको थियो। यसका लागि कांग्रेसबाट विमलेन्द्र निधिसहितका नेताहरुको कार्यदल पनि गठन गरिएको छ।

कार्यसमितिको बैठकले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका उम्मेदरवार छान्ने मापदण्ड पनि तयार गर्ने नेता रमेश लेखकले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्