कांग्रेसको जयहोस्



 

आफूसँग मिले जायज नमिले अस्वाभाविक नेपाली राजनीति पनि अचम्मकै छ भन्या। तीन वाम घटक मिल्ने भएपछि नेपाली कांग्रेसले सार्वजनिक रुपमा टिप्पणी गर्दै भन्यो– एमाले–माओवादी गठबन्धन अस्वाभाविक। के गरेचाहिँ स्वाभाविक हुने होला। धरहराले बुझेको भए मरिजाऊँ।

सत्ता चलाउन माओवादीले साथ दिउन्जेल चाहिँ स्वाभाविक एमालेसँग पार्टी एकता गर्ने कुरा गर्दा अस्वाभाविक यो कस्तो भनाइ हो धरहराले केही पनि बुझेन भन्या।

हैन, कांग्रेस पनि के भएको होला। आफू एकता गर्न नसक्ने, अर्काले गरेको एकतालाई पनि अस्वाभाविक देख्ने। यो त अलि हजम भएन कि भन्ने ठम्याइ धरहराको छ। सके आफू एकता गर्नु, नसके अर्काले गरेको एकतालाई अस्वाभाविक नदेख्नु नि? यो मुलुक यतिकै किन पछि परेको होला भनेको यही पो रहेछ भन्या। अब कम्युनिस्टबीच एकता भएपछि कांग्रेसले पनि एकताको प्रक्रिया अगाडि बढाउनु नि? अर्कालाई सराप्नुको सट्टा आफैले गरेर देखाउनु नि?

 

प्रतिक्रिया दिनुहोस्