राष्ट्रवाद र लोप्पा



 

राष्ट्रवादको नारा सबैभन्दा बढी नेकपा एमालेका अध्यक्ष केपी ओलीले उठाउँदै आउनुभएको जगजाहेर छ। राष्ट्रवादको नारा दिएर ओलीले स्थानीय चुनावमा ठूलो पार्टी हुने घोषणा गरे।

ओलीको राष्ट्रवादले केही प्रदेशमा काम गरे पनि २ नम्बर प्रदेशमा भने ओली राष्ट्रवाद असफल भएको देखेर चिनी पनि धेरै खायो भने तितो हुन्छ भन्ने उखानलाई चरितार्थ गरेको अनुभव धरहराले गरेको छ।

अन्य प्रदेशका जनताले ओली राष्ट्रवादलाई समर्थन गरे पनि २ नम्बरका जनताले किन समर्थन गरेनन् यसको खोजीमा धरहरा पनि लागेको छ। हैन २ नम्बर प्रदेशका जनतालाई चाहिँ राष्ट्रियता चाहिँदो रहेनछ कि क्या हो⁄ धरहरा सोचमग्न भएको छ।

समयअनुसार चल्न सकिएन भने कुनै पनि वादले काम गर्दैन भन्ने चेतना ओली कमरेडलाई नभएको हो कि भन्ने निष्कर्षमा धरहरा पुगेको छ। २ नम्बर प्रदेशका जनातको मनोभावना बुझ्न नसक्दा जनताले ओली राष्ट्रवालाई लोप्पा खुवाइदिएका हुन् भन्ने धरहराको ठहर छ है पाठकवृन्द⁄

प्रतिक्रिया दिनुहोस्