धन्य नेपाली खेलाडी ⁄



 

बेलाबेलामा अनेकौं हर्कत गरेर उपद्रो गरिरहने नेपालीहरू देखेर विगतका दिनदेखि नै धरहरा वाक्कदिक्क भइसकेको छ। आज फेरि नेपालीहरूको एउटा हाँसो उठ्दो उपद्रोको पर्दाफास भएको छ। त्यो हो नेपाली खेलाडीहरूले तुर्कमेनिस्तानमा भइरहेको एक अन्तर्राष्ट्रिय खेलमा देखाएको हर्कत। हुन त नेपाली खेलाडीले देशबाहिर हुने खेलमा धेरै नराम्रा रेर्कड राखिसेकेका छन्। खेल पदाधिकारीसँग अभद्र व्यवहारदेखि खेल खेल्न गएको देशमै बेपत्ता हुने।

आज यहाँ धरहराको दूरबीनले देखेको अनौंठो दृश्य बयान हुँदै छ। तुर्कमेनिस्तानको अस्गाबातमा चलिरहेको पाँचौं एसियन इन्डोर एन्ड मार्सल आर्टस् गेम्समा नेपाली खेलाडीले देखाएको व्यवहार एकदमै लाजमर्दो र देशकै प्रतिष्ठाको धज्जी उडाउने खालको छ। गाँठे कुरा के भने नेपाली खेलाडी सहभागी भएको मुआ थाइका खेलका एक नेपाली खेलाडीले रिङमै नउत्रेर आफूलाई पराजित बनाए। उनले बहाना पनि यस्तो बनाए कि उनले खेलको समय नै थाहा छैन रे। अब हेर्नुस्, खेलको समय नै थाहा नभएको कस्ता खेलाडी हुन्? बरु म खेल्दिनँ यहाँ घुमघाम गरेर नेपाल फर्कन्छु भनेको भए हुन्थ्यो कि?

अर्का खेलाडीको हकर्त सुनौं। चेसका खेलाडी त चेस खेल्न आए तर ४० मिनेट ढिला आइपुगे। अनि यति ढिला आएर केको खेल खेल्न पाउनु त। उनीहरू कहिले आउँलान् र खेल्लान् भनेर पर्खिरहेको धरहराको सितैमा समय बित्यो। फेरि कुँरासका खेलाडीले पनि चर्तिकला देखाए। शौचालय गएर फर्कंदा उनी हारिसकेका थिए। अब रेफ्रीले पनि उनी शौचालय गएको भनेर कसरी थाहा पाउलान्? रेफ्रीलाई लाग्यो कि उसले ‘वाकओभर’ दियो। उनका प्रतिस्पर्धीले जितिहाले। धन्य नेपाल खेलाडी। धराहरालाई नेपाली खेलाडी डराएका हुन् कि जस्तो लागेको छ है।

अब हेर्नुस् नेपाली खेलाडीको चाला। उनीहरू खेल खेल्न गएका कि विदेश सयर गर्न गका? कुरै बुझ्न गाह्रो छ पाठकवृन्द⁄

 

प्रतिक्रिया दिनुहोस्