दोर्जे डोल्मा मिसेस ग्लोबल नेपाल



 

राजधानीमा सम्पन्न विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा दोर्जे डोल्मा गुरुङ मिसेस ग्लोबल नेपाल २०१७ भएकी छिन्। जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उपाधि चुमेकी हुन्।

प्रतियोगितमा रीना लामा बेस्ट ट्यालेन्ट, सुजा राउत बेस्ट क्याटवाक, सुनीता थापा बेस्ट पर्सानालिटी, सोनिया लामिछाने बेस्ट फोटोजेनिक, अञ्जना पौडेल बेस्ट स्माइल, सोनिया शर्मा अधिकारी बेस्ट स्किन, रेखा बस्नेत श्रेष्ठ बेस्ट ड्रेस, पुष्पा राई बेस्ट हेयर, आर्जुन गुरुङ बेस्ट कम्प्लेक्सन, सुनीला कायस्थ मस्ट कन्फिडेन्ट, मीरा राजवंशी गोर्खाली मस्ट डिसिप्लिन, तारा थापा मस्ट चार्मिङ, दोर्जे डोल्मा गुरुङ मस्ट इन्टलजेन्ट, अनिशा श्रेष्ठ मस्ट एक्टिभ, सन्तोषी पाण्डे जोशी मस्ट स्मार्ट, सुनीता तामाङ मिसेस पंचुअल, मीना श्रेष्ठ बेस्ट फिगर, सुनीता तामाङ मस्ट पपुलर र तारा थापा मिसेस पब्लिक च्वाइस अवार्ड विजेता भए।
एमजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा सञ्चारकर्मी तथा मोडल कला सुब्बा, मोडल दिक्पाल कार्की र मोडेल तथा फेसन डिजाइनर क्षितिजा शाक्य निर्णायक थिए। प्रतियोगिता हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्