तानाशाही हिटलरको सेक्स कथाः कसैलाई छाड्दैनथे !



काठमाडौं । हिटलरको नाम सुन्दै जो कोही मानिसको दिमागमा उसको तानाशाहीको याद आउने गर्दछ । हिटलर जति आफ्नो क्रुरताको लागि चिनिन्छ त्यति नै उनलाई आफ्नो यौन जीवनको बारेमा पनि प्रसिद्ध रहेका थिए । सन् १९४३ मा एक म्यागजिनमा हिटलरलाई नपुंसक समेत बताइएको थियो ।

हिटलर आफ्नो शासनमा मात्र नभएर नीजि जीवनमा पनि तानाशाही तथा रवैया थिए ।हिटलर आफ्नो यौन जीवनमा पनि तानाशाही रहेका थिए । हिटलर यौन जीवनमा यतिसम्म तानाशाही थिए की उनले आफ्नो भतिजी गेलीसँग समेत यौन सम्बन्ध राखेका थिए । यो कुराको आरोप जर्मनीको नाजी पार्टीका सदस्य ओट्टो स्ट्रासरले लगाएका थिए ।

त्यसैगरी उसले भतिजीलाई आफूमाथि पिसाब गर्न समेत लगाउँथ्यो भनी उनले आरोप लगाएकी थिइन् । सन् १९३१ मा गेलीले आत्महत्या गरेकाले योबारेमा सत्यतथ्य जानकारी आउन सकेन् । तर पछि हिटलरले आफ्नो पहिलो प्रेम गेली भएको बताएका थिए ।हिटलर आफ्नो यौन प्यास मेटाउन अभिनेत्रीहरुलाई पनि बोलाउने गर्दथ्यो ।

हिटलरसग यौन सम्बन्ध राख्ने जर्मन अभिनेत्री रेनाते मुलरका अनुसार सेक्स गर्दा हिटलरले अचम्मका हरकत देखाउने गरेको बताएकी थिइन् । उनका अनुसार ऊ घुँडा टेकेर बस्थ्यो अनि मुलरलाई लातैलातले हिर्काउन लगाउँथ्यो । पछि सन् १९३७ मा मुलर झ्यालबाट लडेर मरिन् ।त्यस्तै संमलैंगिकविरोधीहरूका अनुसार हिटलर र उनका नाजी सेना समलैंगिक थिए । ‘द पिन्क स्वस्तिका’ र ‘द हिडन हिटलर’ जस्ता किताबहरूमा हिटलर समलैंगिक भएको कुरा उल्लेख गरिएको छ । रूढिवादी क्रािन्तकारी हर्मन राउस्निङले सन् १९३६ मा नाजी सेना छोड्ने बेलामा हिटलरमाथि बच्चाहरूको यौनशोषण गरेको आरोप लगाएका थिए ।

हिटलर साना साना बालिकाहरुसँग यौन सम्बन्ध राख्न मन पराउथ्यो । हिटलर यौन सम्बन्धको बेला पनि आफ्नो तानाशाही प्रकट गर्न चाहान्थ्यो ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्