मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० जनाको मृत्यु (भिडियो सहित)



मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का रेकर्ड गरिएको अमेरिकी संस्था युएसजिएसले जनाएको छ। बीबीसीका अनुसार भूकम्पको तीव्रता ७।१ म्याग्निच्युड रेकर्ड भएको छ।

प्रारम्भिक विवरणअनुसार १३० जनाको मृत्यु भएको बताइएको छ। हजारौँ मानिस घाइते भएका छन्।

भूकम्पको धक्का राजधानी मेक्सिको सिटीमा समेत महसूस गरिएको थियो। भूकम्पका कारण भवनहरु खाली गराइएको थियो। विमानस्थल केही समय बन्द गरिएको थियो ।

३२ वर्षअघि ठिक यही दिनको भूकम्पमा परी १० हजार मानिसको मृत्यु भएको थियो।

भूकम्पको केन्द्र पुएब्ला राज्यमा रहेको छ। यसै महिना ८।१ म्याग्निच्युडको भूकम्प जाँदा यहाँ कम्तिमा ९० जनाको मृत्यु भएको थियो।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्