अर्को भरतपुर काण्ड



 

अहिले सारा नेपालीको ध्यान २ नम्बर प्रदेशतिर छ। पटकपटक स्थगित भएर सम्पन्न भएको निर्वाचनमा सबैको ध्यान जानु नौलो कुरो त होइन तर अहिले २ नम्बर प्रदेशमा पनि माओवादी केन्द्रका नेता कार्यकर्ताले अर्को भरतपुर काण्ड दोहोर्याउन खोजेको देखेर धरहरालाई १० वर्ष जंगलमा बसेर गरेको हुने नहुने कार्यलाई फेरि माओवादीले दोहोर्याउन खोजेको हो कि भन्ने लागेको छ।

मुलुकभरका मानिस कुन ठाउँमा को अगाडि भनेर गणना गरिरहेको बेला बाराको बारागढी गाउँपालिकामा भने आफ्नो पुरुषार्थ देखाउन माओवादीका कार्यकर्ताले मतपत्र च्यात्न खोजेपछि त्यहाँ स्थिति असामान्य बनेको थियो।
भरतपुरजस्तै गर्न खोजेको माओवादीलाई प्रहरीले लाठी वर्षाएपछि कुलेलम ठोकेको दृश्यले भने सबैलाई चकित बनाएको छ। हैन यो माओवादी भन्ने जात पनि कस्तो जात रहेछ? जे गरे पनि छुट पाइने भएपछि माओवादीका कार्यकर्ता अपराध कर्ममा संलग्न हुन थालेको हो कि भन्ने भान धरहरालाई परेको छ। यो के हो पाठकवृन्दले छुट्याइदिनुपर्यो है!

प्रतिक्रिया दिनुहोस्