योनी किन चिलाउँछ ?



प्राय:सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन्। कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन।

योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ ।
योनि चिलाउने कारणहरु
१, तनाव : सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनि चलाउँछ ।
२, यिस्ट संक्रमण : योनिमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनि वरिपरि सेतो दहि जस्तो ढुसि जम्मा हुन थाल्दछ जसको कारण योनि चिलाउँछ ।

जथाभावि यौन सम्बन्ध राख्नाले, रोगसँग लड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।

३, सुख्खा छाला स् सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनि वरिपरिको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।

४, यौन संक्रमण : धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभै योनि चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनिमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनि चिलाउने समस्या हुन सक्छ ।

यदि तपाईमा पनि योनि चिलाउने सम्सया छ भने निम्न घरेलु विधि अपनाएर यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।

१, सबैभन्दा पहिले त के कारणले गर्दा योनि चिलाएको हो त्यो थाहा गर्नुहोस् । यदि धेरै जनासँग यौन सम्पर्कले यो समस्या भएको हो भने सबै भन्दा पहिले त त्यस्तो कार्य तुरुन्त बन्द गर्नुहोस ।

२, कुनै रसायनिक पदर्थको प्रयोगबाट जस्तै पर्फुमको प्रयोगले भो भने सो प्रयोग बन्द गर्नुहोस ।

३, बास्नादार तावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छाड्नुहोस ।

४, सुतिको पेन्टि मात्र प्रयोग गर्नुहोस् र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टि नलगाउनुहोस ।

५, चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्नुहोस । राख्नै परे कन्डमको प्रयोग गर्नुहोस् ।

६, योनि सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने जेलिको प्रयोग गर्नुहोस । अब एउटा युवतीको भनाइ यस्तो छ हेर्नको लागि यहाँ

योनीको दश रोचक तथ्य

यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।

महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य यस्ता छन् ।

१, योनीको औषत आकार ३—४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२, योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।

३, एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४, योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५, योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६, योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७, गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।

८, योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९, गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०, योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्