इतिहास बनाउँदै



कमल ढकाल ।
मय हातको घडीमा होस् वा भित्ताको क्यालेन्डरमा टाँसिइरहेको हुन्छ। घडी र क्यालेन्डर बेच्ने मान्छेले चाहिँ समय कत्तिको बुझ्छ त। आफैंसँग हुने समय आफैंले नबुझेर मान्छे रनभुल्लमा छ आजकल।

कति मीठो छ प्रकृति। असारमै पानी पार्छ। जेठमै धुप बाल्छ। पुसमाघमै ठन्डी झार्छ। त्यही नियममा चलेर उमेर बढेको मान्छे हामीसँग भने त्यस्तो नियमित रुटिङ के छ त भन्यो भने अलमलमा पर्छाैं। प्रकृतिबाटै प्राप्त हुने केस फुलाइरहेको हुन्छौं। समयअनुसार बालख, यौवन र बूढो हुँदै धर्तीबाट बिदा लिन्छौं।

                                 सुनका गहना व्यापारीका छोरा योगेन्द्रले समयलाई चिन्दै हिँडेकाले आज होटल व्यापारीका रूपमा आफ्नो नाम बदलेका छन्। पर्यटनको इतिहास पल्टाउँदा आफ्नो नाम पढ्नै पर्ने बनाएका छन्।

होटलका संख्या बढाएर होस वा एनटीवाई २०११ का कोअर्डिनेटर बनेर उनले आफूलाई पर्यटनको इतिहासमा दर्जा गरिसके।

हरेक मान्छेले आफ्नो समयको इतिहास बनाउन खोज्छ। सके विश्वमा। नसके देशमा वा सम्बन्धित क्षेत्रमा। समयले कुर्दैन र त समय पुग्दैन। समयलाई नारीको घडीमा बाँधेझैं बसमा राख्नेहरू पनि छन्। पर्यटनका क्षेत्रमा आफ्नो नाम अमर बनाउन विगत तीन दशक बढीदेखि कुदिरहेका एक व्यक्तिसँग होटल एम्बेसडरमा भेट भयो। उनको आफ्नै होटेल हो त्यो। त्यही होटलको भुइँ तलाको अफिसमा भेटिएका योगेन्द्र शाक्य उमेरको दौडभन्दा निकै अगाडि दौडिँदै रहेछन्।

म्यान पर्पाेजेज, गड डिस्पोजेज। यो भनाइ योगेन्द्रको जीवनमा पनि लागू भयो। इन्जिनियर बन्छु भन्ने मानवीय सपनालाई भेलोरमा बिमारी भएर बसेको बेडले बिर्साउन बाध्य तुल्यायो। भयो के भने काठमाडौं गेस्ट हाउसमा लागेको इँटाले उनी भेलोर पुगे। त्यहाँबाट फर्केका योगेन्द भारतको पुसामा होटल म्यानेजमेन्ट पढ्न पुगे। होटलको इँटा त होटलमै लाग्ने बरदान पो रहेछ। सन् १९७६ मा होटल म्यानेजमेन्ट गरे। आउँदा उनले दुई सर्टिफिकेट ल्याए। एक होटल म्यानेजमेन्ट र अर्काे थाकखोलाको थकाली केटी विन्दु। उनै विन्दुलाई उनले सन् १९८१ मा म्यारिज गरे।

टाइम टेबुल बनाएर होटलकै काम गर्दै हिँडेका योगेन्द्रलाई होटल व्यापारले धेरै कुरा दियो। १४ वर्ष होटल एसोसिएसनका अन्डर सेक्रेटरी र दुईपल्ट अध्यक्ष भए। राणाको बाहुल्य रहेको होटल एसोसिएसनले उनलाई हाइली एक्सपोजर दियो। साथै कन्फिडेन्स पनि।

कामले विश्वास बढाउँछ। योगेन्द्रले पनि अब ठमेलको अल्टरनेट खुला ठाउँमा दिनलाई नागपोखरीको पाँच रोपनी जग्गामा पाँचतारे होटल बनाउँदै छन्। होटलको इँटा टाउकोमा लागेदेखि उनले होटल बिर्सनै पाएनन्। इँटाले दह्रो लाग्यो। उनी पनि होटलमा दह्रो भएर लागे। रजहर पिप्रहरको आठ बिघामा बन्दै गरेको होटल थाँती रहेका छन्।

एम हाई एन्ड डन्ट अफरेड टु स्टार्ट स्मल। यही प्रिन्सिपल सेन्ट जेभियर्स पढ्दा सानैमा सिकेका थिए उनले। त्यहीको शिक्षाले उनलाई असनको खम्चाङखुम्चुङ टोलबाट बाहिर ल्यायो। त्यसैले त उनले बाथरुम ेखि सबै साफ गर्न सिके। हरेक कामको ज्ञान लिए। होटल लाइनको। अहिले पनि कुनै पोस्ट खाली हुँदा तुरुन्त काम गर्न सक्ने वर्क कल्चरमा छन् योगेन्द्र।
जिन्दगीको भर्याङ चढ्नै पर्छ। जसरी घरको भर्याङमा एकैपटक सात खुड्किला पार गर्न सकिँदैन। जिन्दगीको भर्याङमा पनि एकैपटक माथि पुगिँदैन।

हो यही व्यावहारिक ज्ञान बुझेका योगेन्द्रको परिवारले शुरूमा काठमाडौं गेस्टहाउसको माथिल्लो तलामा आफू बस्यो। तल्लो तलाका तेह्र कोठाबाट गेस्टहाउस शुरू गर्यो। संयुक्तबाट एकल परिवारमा आउँदा पनि आज योगेन्द्रको मात्र राजधानीमा एम्बास्डर र मार्काेपोलो, नगरकोटमा क्लब हिमालय, पोखरामा ट्रेक ओ टेल, एस डेभलपमेन्ट बैंक, रियल स्टेटलगायतका व्यापारमा सहभागिता छ। टुरिजम सिर्जनशीलता हो। प्रकृतिको अतुलनीय बरदान पाएको देशमा अलिकति जानेबित्तिकै पहाड पाइन्छ। त्यही पहाडमा भालुको कम्पट भएको जग्गा सस्तोमा लिन सकिन्छ। दश आठ वर्षमा आफूलाई मात्र नभई मुलुकलाई नै केही दिन सक्छ। मात्र लाग्नुपर्छ फुल हार्टेड भएर। १५ वर्षमा कहाँबाट कहाँ पुग्छ मान्छे। काम गर्नेलाई सधैं राइट टाइम छ। यसै भन्छन् उनी।

नेपालका टुरिजम थोरै कोठाबाट शुरू गरेर भएका छन्। माइन्ड योर हेड भनेर राख्थे झोंछेमा पहिले। त्यही टाउको ठोक्काउँदै ६ फिट लम्बु पर्यटक लगभग साढे पाँच फिटको घरमा आउँथे। नेपालमा पर्यटक ≈युमन रिलेसनका कारणले पनि आउँछन्। उनको कुरा मन पर्यो।

रिस्क डेस्टिनका रूपमा पर्यो नेपाल जहिले पनि। हामी नेपाली सारै आशावादी छौं। जति बिग्रे पनि अब त यहाँभन्दा बढी बिग्रँदैन होला नि भनेर अझै आशावादी बन्छौं। मुलुक झन्झन् खराब हुँदै छ। व्यापार गर्नेलाई चुनौती नै राइट टाइम बन्दो रहेछ। आज हुँदैन भनेको ठाउँमा भोलि हँुदो रहेछ। नेपालीको हँसिलो, मिलनसार र सहयोगी बानीले गर्दा पर्यटक आउन लोभिने बताउँछन् योगेन्द्र। भन्छन्– ‘एकपटक आएको टुरिस्टले अर्काेपल्ट आउँदा त्यही पोर्टर, त्यही ड्राइभर, त्यही होटल खोज्छ।‘

दुई सन्तान ईश्वरका वरदान भन्ने विज्ञापनको असरले पो हो कि योगेन्द्रका पनि दुई आँखाका नानीका रूपमा एक छोरा र एक छोरी छन्। छोरी प्रमिता कोलोेराडोबाट मास्टर्स गरी होटलमै सघाउँदै छिन्। छोरा राहुल न्युयोर्कमा इन्टेरियर डिजाइन पढिसकेर केही गर्न खोज्दै छन्। परिवारमा पर्फेक्ट छ। सबै आ–आफ्नो काममा व्यस्त छन्। त्यसले पनि उनलाई काममा ऊर्जा मिलेको छ।
दुःख सकियो नेपालीको अब द्वन्द्व छैन मुलुकमा। भन्यो फेरि दुःख आउँछ एनटीवाई २०११ मा दुुःख सकियो भनेको भूकम्प आयो। दुुःखमा पनि हाँस्ने नेपाली नै पर्यटनका खम्बा हुन्। भूकम्पमा क्यानडाबाट अनुदान लिएर आएकालाई ती भोका नेपालीले आफूभन्दा पहिला उनीहरूलाई खुवाउँदा ती क्यानेडियन नेपालमै बस्ने र सहयोग गर्नै निधोमा पुगे। नेपालीको हार्दिकता पर्यटकका लागि प्रकृतिभन्दा ठूलो कोसेली हो भन्छन् योगेन्द्र। हरेक कुरालाई कन्भर्ट टु प्रफिट मान्ने व्यापारी पनि हुन उनी। त्यही भएर सपना देख्न छाड्दैनन्।

समयले मान्छेलाई सिकाउँछ। यही बुझे योगेन्द्रले र लगातार आफ्नो लगानी पर्यटनमै खर्च गरिरहेका छन्। सुनका गहना व्यापारीका छोरा योगेन्द्रले समयलाई चिन्दै हिँडेकाले आज होटल व्यापारीका रूपमा आफ्नो नाम बदलेका छन्। पर्यटनको इतिहास पल्टाउँदा आफ्नो नाम पढ्नैपर्ने बनाएका छन्। होटलका संख्या बढाएर होस् वा एनटीवाई २०११ का कोअर्डिनेटर बनेर उनले आफूलाई पर्यटनको इतिहासमा दर्जा गरिसके।

आज हुँदैन भनेको कुरा कालान्तरमा गएर सफल हुन्छ। डेडिकेटेढ र फोकस भएर हिँडेमा गर्न सकिन्छ। ठमेल सफल भयो। नगरकोट सफल भयो। अहिले पनि उनी आउँदो १५ वर्षपछिको समयलाई चिनेर नागपोखरीलाई टुरिस्ट डेस्टिनेसन बनाउन लागिपरेका छन्।

सुनको चरी मानिने पर्यटन नै नेपालको आर्थिक क्रान्तिको प्रमुख दरबार हो। मनबाट खोलिने यो दरबारमा धेरै लगानीभन्दा पनि धेरै मेहनत पर्दछ। आफ्नो काममा फुल कन्फिडेन्स भएर लागेमा पर्यटनमा धेरै गर्न सकिन्छ। यही बुझायो विगत तीन दशकभन्दा आगाडिदेखिको समयले योगेन्द्र शाक्यलाई।

 

प्रतिक्रिया दिनुहोस्