दक्षिण एसियाली बक्सिङको उपाध्यक्षमा अवाले



नेपाल समाचारपत्र,काठमाडौं
दक्षिण एसियाली बक्सिङ संघ (साबा)को उपाध्यक्षमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले निर्विरोध छनोट भएका छन्।

साबाको पहिलो भेलाले अवालेलाई उपाध्यक्षमा चयन गरेको हो। साबाको महासचिवमा नेपाल बक्सिङ संघका मानार्थ आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई चयन गरेको छ।

महासचिव श्रेष्ठलाई साबाको प्रतिनिधिहरूको विशेष अनुरोधमा महासचिवमा निर्विरोध निर्वाचित गरेको हो। संघका उपाध्यक्ष किरण श्रेष्ठ साबाको सदस्यमा चयन भए।

महासचिव श्रेष्ठले साबाकोे नयाँ नेतृत्वले पहिलो साबा बक्सिङ च्याम्पियनसिप आगामी डिसेम्बरको पहिलो साता भारतको गुहावटीमा गर्ने निर्णय गरेको बताए। साबाका उपाध्यक्ष अवालेले आफ्नो कार्यकालमा दक्षिण एसियामा बक्सिङलाई थप व्यवसायिकतातर्पm प्रेरित गर्ने बताए। अवालेले भने– ‘मेरो कार्यकालमा दक्षिण एसियाका लागि नेपाल बक्सिङ खेलको केन्द्रबिन्दु बनाउने प्रयास गर्छु। साथै, आपसी सहयोगबाट अन्तर्राष्ट्रिय तालिमकोअवसर नेपालमा दिलाउने हाम्रो प्रयास रहनेछ।’

बक्सिङ संघलाई राखेपको मान्यता
नेपाल बक्सिङ संघको निर्वाचनको माध्यमबाट राम अवालेको नेतृत्वमा निर्वाचित कमिटीले लामो समयपछि शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मान्यता पाएको छ। गत वर्षको २२ जेठमा निर्वाचित कमिटीलाई राखेपले यसअघि मान्यता दिएको थिएन। तर, १५ महिनापछि राखेपले (शुक्रबार) पत्रमार्पmत अवालेको नेतृत्वमा भएको निर्वाचित कमिटीलाई वैधानिकता प्रदान गरेको जनाएको हो।

संघका अध्यक्ष अवालेले राखेपको निर्णयले खेलाडी, प्रशिक्षक तथा खेलकर्मी सबैले न्याय पाएकोमा राष्ट्रिय खेलकुद परिषद्लाई धन्यावाद व्यक्त गरे। संघका महासचिव सविन भट्टाचार्यले परिषद्ले ढिलै मान्यता दिए पनि वैधानिकरूपमा काम गर्न सजिलो भएको बताए।

प्रतिक्रिया दिनुहोस्