राना र गुरुङ च्याम्पियन



धन बस्नेत, पोखरा
रानीपौवा स्पोर्टस सेन्टरको आयोजनामा पोखरामा पहिलो पटक आयोजित महिला तथा पुरुष ‘पावर लिफ्टिङ’ प्रतियोगिताको उपाधि महिलातर्फ बुल्स जिमकी दिया रानाले जितिन्। पुरुषतर्फ निरज गुरुङ च्याम्पियन भए।

डेड लिफ्टमा तेस्रो तथा स्क्वाडमा पहिलो भएकी राना समग्रमा कुल १ सय ९० केजी तौल उठाएर च्याम्पियन बनिन्। उनले विभिन्न विधामा गरी कुल १७ हजार नगद प्राप्त गरिन्। डेड लिफ्टमा पुनम परियार पहिलो र ज्योति थापा दोस्रो भएका थिए।

निरजले डेड लिफ्टमा १ सय ९०, बेन्च प्रेसमा १ सय ३० र स्क्वाडमा १ सय ६० गरी कुल ४ सय ८० केजी भार उठाउँदै च्याम्पियन बनेका हुन्।

त्यस्तै डेड लिफ्टमा मिथुन गुरुङले २ सय १० केजी उठाउँदै पहिलो भए। बेन्च प्रेसमा राजन श्रेष्ठले १ सय ४० केजी उठाएर पहिलो भएका थिए।

प्रतिक्रिया दिनुहोस्