यस्ता छन् आर्सनल र कोलोन माथि लागेका आरोप, के होला कारवाही ?



युरोपियन फुटबलको प्रशासकिय निकाय यूरोपियन फुटबल एशोसियशन (युएफा) ले आर्सनल र कोलोन फुटबल क्लबमाथि अनेक आरोप लगाएको छ।

युरेपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दर्शकले तनाब श्रृजना गरेका थिए। खेलअघि भएको तनावका कारण खेल निर्धारित समयमा सुरु हुन सकेको थिएन्। सो प्रकरणमा यूरोपियन फुटबल एशोसियसनले दुवै क्लबलाई दोषी ठहर गरेको छ ।
एशोसियसनले कोलोनलाई चार तथा आर्सनललाई एउटा आरोप लगाएको छ।

कोलोनलाई दर्शकलाई डिस्र्टब गरेको, आतिसबाजी गर्ने, वस्तुहरु फाल्ने र समानहरुमा क्षति पुर्याउने आरोप लगाइएको छ भने आर्सनललाई अन्य समर्थकलाई अवरुद्ध गरेको आरोप लगाइएको छ।

यी आरोपहरु आगामी सेक्टेम्बर २१ मा युएफाको नैतिक तथा अनुशासन समितीसामु प्रस्तुत गरिने भएको छ। समितीले त्यस विषयमा छानविन गरी उचित कारवाहीका लागि सिफारिस गर्ने भएको बताइएको छ ।

खेलअघि भएको हुलदंगामा पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्