बाँदरको सेल्फी विवाद समाधान



जाकार्ता, (एजेन्सी)
एउटा बाँदरसँग सेल्फी खिचेको विषयलाई लिएर एकजना फोटोग्राफरको एउटा जनावर अधिकारवादी समूहसंगको दुई वर्ष लामो कानुनी लडाइँ समाधान भएको छ। सन् २०११ इन्डोनेसियाली जंगलमा नारुतो नामको एउटा बाँदरले मोन्माउथसायरका डेविड स्लाटरको क्यामराबाट तस्वीर खिचेका थिए।

अमेरिकी न्यायाधीशहरुले बाँदरलाई कपिराइट प्रत्याभूति लागू नहुने जनाएका छन् भने जनावरहरुका लागि अधिकारवादी संस्था पेटाले जनावरले पाउनुपर्ने फाइदा दिइनुपर्ने आवाज उठाएको छ।

बाँदरको तर्फबाट वकालत गर्ने पेटाको आग्रहलाई अमेरिकी अदालतले खारेज गरेको छ। तर स्लाटरले भने उक्त तस्वीरबाट भविष्यमा उठने पैसाको २५ प्रतिशत विभिन्न दातृसंस्थालाई सहयोगस्वरुप प्रदान गर्ने सहमति जनाएका छन्।

ती बाँदरले खिचेका सेल्फीहरु बेचेर आएको रकम बाँदरहरुको वासस्थान संरक्षण गर्ने निकायहरुलाई प्रदान गरिने जनाइएको छ।

चेपस्टो निवासी स्लाटरको ती तस्वीरको कपिराइट लिनका लागि आफूले ठूलै कसरत गर्नुपरेको बताएका छन्। उनले आफू एक प्रकृति संरक्षणविद् रहेको दाबी गर्दै इन्डोनेसियामा विगतमा जनावरहरुको हितका लागि धेरै सहयोग र योगदन दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्