छाडेर गएकी प्रेमिकालाई रिझाउन पियानोको सहारा



लन्डन, (एजेन्सी)
प्रेम र विछोड मानिसको जीवनमा आउने सामान्य घटना हुन्। तर यसको प्रभाव भने अत्यन्तै गहन गर्छ। प्रेममा एक केटा र केटी डेट गर्छन्। केहि समयपछि केटीले सम्बन्ध तोड्छे। त्यसपछि केटा शहरमा एक पियानो सेन्टर खोल्छ र जबसम्म केटी उसको जिन्दगीमा फर्कदैन, हरेक दिन पियानो बजाइरहने घोषणा गर्छन्।

यो कुनै रोमान्टिक चलचित्रको प्लट नभएर इंग्ल्यानडको ब्रिस्टल शहरमा भइरहेको सत्य घटना हो। ल्युक हार्भर्ड एक संगीतकार हुन र जसले शहरको कलेग ग्रिनमा यो पियानो सेन्टर शुरु गरेका छन्।
उनले आफ्नी प्रेमिका दोस्रो अवसर दिन तयार नभएसम्म लगातार पियानो बजाइरहने बताएका छन्। ३४ वर्षीय ल्युकले चार महिना पुरानो सम्बन्ध टुटेपछि आफ्नो यो अभियान गत शनिबारको बिहानदेखि थालेको हो।

उनले ब्रिस्टल पोस्टसँगको कुराकानीमा भने– ‘यदि कुनै नराम्रो कारणले हाम्रो विछोड भएको भए म यस्तो गर्ने थिइनँ। तर यो समय मेरो दिमागले गर्न सक्ने एउटै कुरा छ जुन म गर्न सक्छु।’
ल्युकको भनाइमा उनी त्यस्तो केही गर्न चाहन्थे जसले उनकी पूर्वप्रेमीकालाई सोच्न बाध्य पारून्।’

उनले भने– ‘म उनलाई भन्न चाहन्छु कि म उसलाई कति माया गर्छु। म चाहन्छु कि ऊ मेरो प्रेम देखेर फेरि निर्णय गरून्, उसले मेरो जिन्दगीमा रहनु छ वा छैन। मलाई थाहा छ, मेरो स्थानमा अरु कोही हुने हो भने उसलाई फकाउन फुल पठाउला, मेसेज गर्छ होला वा चिठ्ठी लेख्छ होला, तर यसले स्थिति झन खराब पार्न सक्छ।

सामाजिक सञ्जालमा ल्युकको यो अनौठो निर्णयलाई लिएर फरकफरक किमिसको प्रतिक्रिया दिएका छन्। कसैले यसलाई अत्यन्त रोमान्टिक भनेका छन् भने कसैले अलि धेरै नै अनौठो व्यवहारका रूपमा लिएका छन्।

एक फेसबुक प्रयोगकर्ताले लेखे– ‘आजको जमानामा पनि यस्ता व्यक्तिहरु धर्तीमा छन्, अत्यन्तै रोमान्टिक।’

कसैले भने– ‘यदि तिमी कसैलाई प्रेम गर्छौ भने उसलाई पाउन तिमी जे पनि गर्न सक्छौ, स्याबास⁄
एक महिलाले ट्विटरमा लेखे– ‘महिलालाई पनि पुरुषलाई छोड्ने अधिकार छ। सञ्चार माध्यमले यो अनौठो व्यवहारलाई रोमान्टिक बनाएर देखाउने कार्य बन्द गर।’
यद्यपि ल्युकको सामाजिक सञ्जाल अकाउन्ट्स निस्क्रिय छ।

प्रतिक्रिया दिनुहोस्