उत्तर कोरियामाथि नयाँ चरणको नाकाबन्दी



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघले मंगलबार हालै मात्र छैठौं तथा सबैभन्दा ठूलो आणविक परीक्षण गरेका उत्तर कोरियामाथि पछिल्लो चरणको नाकाबन्दी लागू गरेको छ। यसअनुसार उत्तरलाई हातहतियार विकास कार्यक्रममा इन्धन र आर्थिक स्रोतको अभाव सिर्जना गर्ने उद्देश्यले तेल आयात र कपडा निर्यातमा कडा प्रतिबन्ध लगाइने भएको छ।

संयक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्समक्ष तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउन प्रस्ताव राखेको थियो। सुरक्षा परिषद्मा उत्तर कोरियाका समर्थक स्थायी सदस्य राष्ट्रद्वय चीन र रसियाले त्यसमा कम नाकाबन्दी लगाउने विषयमा सहमति गरेपछि मात्र यस नाकाबन्दीको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो।

सोमबार सुरक्षा परिषद्मा उक्त नाकाबन्दी पारित भएपछि उत्तर कोरिया निकै आक्रोसित बन्न पुगेको छ। उत्तरको सरकारी समाचार निकाय केएनसीएले यदि अमेरिकाले थप कडा नाकाबन्दीका लागि दबाब दिँदै गरेको खण्डमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

गत साता अमेरिकाले तेल आयातमा पूर्ण प्रतिबन्धका लागि गरेको आहरवानलाई अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुले उत्तर कोरियाको सर्वोच्च नेता किम जोंग उनको सरकारलाई अस्थिर बनाउन खोजेको दाबी गरेका थिए। प्योङयाङले प्रतिवर्ष ७० करोड अमेरिकी डलरभन्दा बढी रकम बराबरको कपडा निर्यात गर्दै आएको थियो।

उत्तर कोरियालीहरुलाई विदेशमा गइ काम गर्न भिसासमेत नदिने भएपछि त्यसबाट उत्तरको वाषर््िाक ५० करोड डलर राजश्व घट्ने भएको छ। संयुक्त राष्ट्र संघका लागि अमेरिकी विशेष दूत निक्की हरयालीले सुरक्षा परिषद्मा सम्पन्न मतदानपछि यसभन्दा कडा नाकाबन्दी गरेर अमेरिकाले युद्ध निम्ताउन नखोज्ने पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्