आसाराम बाबादेखि राम रहीमसम्मकाकाे यौनकाण्ड



एजेन्सी । विवादले घेरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमीत राम रहीम सिंहका कारण भारतमा अहिलेसम्म कम्तिमा ३० जना मारिएका छन् । बलात्कारको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि उनका समर्थकले भारतका विभिन्न राज्यमा वितण्डा मच्चाउँदा ३ सय भन्दा धेरै घाइते भएका छन् ।

विवादमा परेका राम रहीम एक्लै भने होइनन् । यसभन्दा पहिले यस्ता धेरै बाबा सेक्सको मामिलामा जोडिएर बदनाम भएका छन् । कतिपय गम्भीर अभियोगसहित जेलसम्म पुगेका छन् ।

आसाराम बापू

आसाराम बापूमाथि नाबालिग बालिकामाथि बलात्कारको आरोप लागेको छ । यो मामिला सन् २०१३ को हो । उनीमाथि दर्जन भन्दा धेरै अभियोग लागेका छन् । आसारामले जमिन हडपेको, बालकसहितको हत्या गरेको सहित कयौँ अन्य अभियोग पनि छन् । पुलिसले अहिले पनि उनीमाथिको अभियोगबारे जाँच गरिरहेको छ ।

आसाराममाथि  आशिर्वाद दिने बहानामा युवतीलार्इ छेडछाड गरेको तथा यौन शोषणको आरोप पनि छ । उनका छोरा नारायण साईमाथि पनि यस्ता आरोप लागेका छन् ।

आसाराम यौन शोषणको आरोपमा सन् २०१३ देखि जोधपुर जेलमा थुनिएका छन् ।  उनले कयौँ पटक स्वास्थ्यको कारण देखाउँदै जमानतका लागि निवेदन दिइसकेका छन् तर अहिलेसम्म उनलार्इ यो सुविधा मिलेको छैन ।

चन्द्रास्वामी

चन्द्रास्वामीको प्रभावमा भारतमा कतिसम्म थियो भने तत्कालीन प्रधानमन्त्री पीबी नरसिम्हा रावका उनी सबैभन्दा निकट सल्लकारकारूपमा चिनिन्थे । अर्कातर्फ उनीमाथि राजीव गान्धीको हत्याको षड्यन्त्रमा सहभागी भएको आरोप पनि लागेको थियो ।

यी आरोपबीच कयौँ देशका शासकहरूसँग मधुर सम्बन्ध, हतियारको दलाली र हवालको कारोबार, विदेशी मुद्रा अधिनियमको उल्लंघन जस्ता कयौँ गम्भीर आरोपले पनि चन्द्रास्वामी मिडियामा छाइरहेका छन् ।

रामपाल

बाबा रामपाल या सन्त रामपाल आध्यात्मको दुनियामा कदम राख्नुअघि हरियाणाको सिँचाई विभागमा इन्जिनियर थिए । १८ वर्षसम्म जागिर गरेपछि उनले राजीनामा दिए । त्यसपछि सुरू भयो उनको सत्संग यात्रा । उनले पछि गएर सतलोक आश्रम नै बनाए ।

उनीमाथि आश्रमको अस्पतालमा गर्भपतन सेन्टर चलाएको आरोप छ । उनको आश्रमदेखि हतियार र कयौँ आपत्तिजनकऔषधि पनि बरामद भएको थियो ।

उनीमाथि सरकारी काममा बाधा गरेको र आश्रममा जबरजस्ती मानिसलार्इ बन्धक बनाएको मुद्दा दर्ता भएको छ । सन्त रामपाल देशद्रोहको एक मामिलामा अहिले हिसार जेलमा थुनिएका छन् ।

नित्यानन्द स्वामी

सन् २०१० मा स्वामी नित्यानन्दविरूद्ध ठगी र अश्लीलताको मामिला दर्ता भएको थियो । उनको कथित सेक्स सिडी पनि सार्वजनिक भएको थियो । उनले अभिनेत्रीसँग शारीरिक सम्बन्ध राख्दै गरेको भिडियो पनि लीक भएको थियो ।

त्यसपछि फोरेन्सिक ल्याबमा भएको जाँचमा सिडीलार्इ सही ठहर गरिएको थियो । तर नित्यानन्दको आश्रमले त्यस सिडीबारे अमेरिकी ल्याबको रिपोर्ट पेश गरेको थियो । यस सिडीबाट अभिनेत्रीसँग छेडछाड गरेको कुरा सार्वजनिक भयो ।

त्यसपछि नित्यानन्दलार्इ गिरफ्तार गरियो । तर उनी केही दिनपछि जमानतमा रिहा भए । यसका अलावा बेङ्गलुरूमा नित्यानन्दको आश्रममा छापा मार्ने क्रममा कण्डम र गाँजा पनि बरामद भएको थियो ।

स्वामी भीमानन्द

दिल्लीका एक बाबा स्यमलार्इ इच्छाधारी सन्त बताउँथे । इच्छादारी सन्तको नामबाट चर्चित स्वामी भीमानन्द नागिन डान्सका लागि चर्चित थिए । सन् १९९७ मा उनलार्इ लाजपत नगर इलाकाबाट पुलिसले देह व्यापारमा सहभागी भएको अभियोगमा गिरफ्तार गर्यो ।

उनीमाथि प्रवचनको बहानामा युवतीलार्इ फसाएर सेक्स र्याकेटको कारोबार गरेको अभियोग थियो । स्वयम्लार्इ सन्त बताउने भीमानन्दको वास्तविक नाम शिवमुरत द्विवेदी हो । यी बाबा बन्नुअघि एक फाइभ स्टार होटलमा गार्डको नोकरी गर्थे ।

प्रतिक्रिया दिनुहोस्