रोहिंग्या मुसलमानविरुद्ध “जातीय सफाया” भइरहेको छः राष्ट्रसंघ



 

यांगुन (एजेन्सी)
संयुक्त राष्ट्र मानवअधिकार संस्थाका प्रमुखले म्यान्मारमा रोहिंग्या मुसलमानलाई निसाना बनाई भइरहेको सुरक्षा कारबाही ‘जातीय नरसंहार’ को एउटा सटिक उदाहरण भएको बताएका छन्।

संस्थाका प्रमुख जइद राद अल हुसैनले म्यान्मारको रखाइन प्रान्तमा ‘क्रूर सैन्य कारबाही’ अन्त्य गर्नका अपिल गरेको छ। गत महिना शुरू भएको हिंसापछि बंगलादेशबाट ३ लाखभन्दा धेरै रोहिंग्या मुसलमान पलायन भइसकेको उनले बताए।

म्यान्मारको सेनाले उसको कारबाही रोहिंग्या कट्टरपन्थीविरुद्ध भएको बताएको छ। हाल भइरहेको सुरक्षा कारबाहीमा सर्वसाधारणलाई कुनै प्रकारले निशाना बनाइएको आरोपलाई पनि सेनाले अस्वीकार गरेको छ।

गत अगस्ट २५ मा रखाइनको उत्तरी इलाकामा रोहिंग्या कट्टरपन्थीले प्रहरी चौकीलाई निशाना बनाइएको थियो। उक्त आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका थिए। उक्त घटनापछि नै त्यहाँ हिंसा भड्केको र रोहिंग्या मुसलमान बंगलादेशतर्फ पलायन हुन बाध्य भएका थिए।

रोहिंग्या शरणार्थीले म्यान्मारकी सेना रखाइनमा उनीहरूविरुद्ध बर्बर अभियान चलाइरहेको, गाउँमा आगजनी गरेको, उनीहरूलाई त्यहाँबाट धपाउनका लागि आम नागरिकमाथि हमला गरिरहेको बताएका छन्।

म्यान्मारमा बौद्ध बाहुल्य रखाइन प्रान्त बंगलादेशको सीमासँग जोडिएको छ र त्यहाँ रोहिंग्या मुसलमान अलपसंख्यक छन्।

राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तका प्रमुख जइद राद अल हुसैनले रखाइनमा भइरहेको कारबाही प्रस्ट रूपमा गैरकानुनी भएको बताए।

प्रतिक्रिया दिनुहोस्