मन्त्रीको चाला



 

‘देश र जनताको सेवा गर्नेछु भनेर शपथ खाएर मन्त्री बनेका हाम्रा मन्त्रीहरू आफू झण्डावाल गाडीमा सफर गर्दा आफूलाई के ठान्ने गर्छन् कुन्नि, आफू चढेको गाडीले ठक्कर दिंदा पनि घाइतेप्रति अलिकति पनि सहनशीलता देखाएनन्। के यस्तै हुन्छ त देश र जनताको सेवा गर्छ भन्ने मन्त्रीको चाला? प्रश्न गम्भीर छ पाठकवृन्दहरू। धराहराको दूरबिन शुक्रबार अपरान्हतिर नयाँ बानेश्वर चोकमा तेर्सिन्छ। त्यहाँको एउटा अनौठो दृश्य कैद हुन पुग्छ। घटना अचम्मको रहेछ।

कुरा खास के रे छ त भन्दा शुक्रबार अपरान्ह करिब २ बजेको समयमा संचार राज्यमनत्री तप्तबहादुर विष्ट चढेको बा१ झ ७१६३ नम्बरको गाडीले बा४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिन्छ।

ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते हुन्छन्। उक्त दृश्य देखेका त्यहाँ रहेका सर्वसाधारणले उक्त गाडीलाई घेर्दा प्रहरीको सहयोग लिएर राज्यमन्त्री भागेका थिए। अब मन्त्रीजस्तो मान्छेलाई कहाँ प्रहरीले पक्रन सक्छ त। केही सीप नलागेर गाडीका ड्राइभरलाई भए पनि पक्राउ गरेछन्।

यी सबै दृश्यले के पुष्टि भएको छ भने नेपालमा ठूलावडाले जे पनि गर्न हुने र उनीहरूलाई कानुनले पनि केही गर्न नसक्ने रहेछ। प्रश्न यो छ कि शक्तिको आडमा जे पनि गर्न मिल्ने भए के देशमा कानुन चाहिन्छ र⁄

 

प्रतिक्रिया दिनुहोस्