सपना बाँड्ने मात्रै हो ?



 

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएको सय दिनमा १ सय १ काम गर्ने बताएर चुनाव जितेका काठमाडौंका मेयरले १ सय १ काम गरे कि गरेनन् यो अहिले खोजीको विषय भएको छ। मेयरसाबले सय दिनमा १ सय १ त के जनताको मन जित्ने कुनै काम नै नगरेको टिप्पणी गरेपछि मेयरसाबले मुख खोले।

सय दिनमा १ सय १ काम गर्ने भनेको त हो के गर्ने जनताको माला घाँटीमा लगाउँदा लगाउँदैमा सय दिन कट्यो, अब केही जनताको मन छुने काम गर्नु पर्ला भने सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति धरहरालाई दया लागेर आयो। हैन मेयरसाब जनतालाई त सय दिन झुक्याउनुभयो। अब २ वर्षमा मोनोरेल कुदाउने भनेर उधारो सपना बाँड्नुभएको देखेर धरहरालाई लाग्यो राजधानीबासी फेरि २ वर्ष मूर्ख हुने भए भनेर। जो हुने नसक्ने सपना किन बाँड्नुहुन्छ मेयरसाब हुने कुरामात्रै बाँड्नु है। जनता सधैं गणेशमान सिंहले भनेका जस्ता मूर्ख र भेडा मात्रै हँुदैनन्। कि कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्