ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार ५ जना घाइते ।



भाद्र १८, चितवन
पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन नजिकै ट्रकले कारलाई ठक्कर दिएको छ । मुग्लिन देखि काठमाण्डौ तर्फ जादै गरेको बा १७ च ५०९२ नम्बरको कारलाई विपरित दिशाबाट जादै गरेको ना ६ ख ५७०६ नम्बरको ट्रकले ठक्कर दिदा कारमा सवार पाच जना यात्रुहरु घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचारको लागि पोखरा लगएको प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्