‘सेल’ ठगी



 

दशैं तिहारको माहोल। शहरभरि खुलेका अनेकौं पसलहरूले ‘सेल’का नाममा ठगी ठन्डा चलाउने गरेको पहिलादेखि नै धराहरालाई थाहा भएको कुरा हो।

चाडपर्वमा ‘सेल’को नाममा छुट दिएर उपभोक्तालाई ठग्ने गतिलो जुक्ति व्यापारीहरूले निकाल्ने गरेको छ। यस्तो बेला व्यापारीले पुरानो स्टकमा रहेका सामान महँगो मूल्य राख्ने र धेरैभन्दा धेरै छुट दिएर बिकाउने गरेका छन्।
त्यस्तै नयाँ सामानमा पनि दशौं गुणा मूल्य राखेर धेरै छुट दिएको देखाई विक्री गर्ने गर्छन् व्यापारी। यसबाट हजारौं उपभोक्ता ठगिने गरेको ज्वलन्त उदाहरण हामीसामु रहेको छ।

यहाँ एउटा के प्रश्न उठ्छ भने किन यसरी उपभोक्ता ठगिँदै छन् त? किन बजार अनुगमन नभएको? सरकारले मूल्य नियन्त्रण किन गर्न नसकेको? ठगीमा पक्राउ पर्नेलाई किन कडाभन्दा कडा कारबाही हुँदैन? सस्तो सामानलाई चर्को मूल्यमा छुट दिएको भनी सामान विक्री गरेर ठग्ने व्यापारीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने धारणा धरहराको रहको छ। सरकारी उदासिनता, फितलो कानुनी व्यवस्थाकै कारणले यस्ता ठगी धन्दा मौलाउँदै गइरहेको धराहराको ठम्याइ छ। के राय छ त यसमा पाठकवृन्दको?

प्रतिक्रिया दिनुहोस्