कमिसन खान जोडतोड



 

अहिलेसम्मकै इतिहासमा नेपाल प्रहरीले ठूलो परिमाणको सुन बरामद ग¥यो। सुन कसले कहाँबाट कसरी ल्यायो यो खोजीका पाटो होला। तर सुन समातिएपछि कमिसनका लागि उपत्याकाभरिका प्रहरी कार्यालयबाट नाम टिपाउनेको लर्को लागेको देखेर धरहरा तीनछक परेको छ भन्या। महागनरीय आयुक्तदेखि सिपाहीसम्मले अपराध महाशाखाका हाकिमलाई सुराकीमा नाम राखिदिन दिएको नजानिँदो दबाब भने धरहराले देखेको छ। पैसाका लागि महादेवका तीन नेत्र भनेझैं अहिलेका मेट्रोका हाकिमसाब अलि अगाडि नै छन् भन्ने धरहराले सुन्ने गरेको थियो। यो हो कि होइन, भगवान् जानून् कि मेट्राका हाकिम नै जानून्।

जसले काम गरेको हो, उसैले त्यसको सुविधा पाउनुपर्ने हो। तर प्रहरी मात्र होइन, राजस्व अनुसन्धान विभागका कर्मचारीले समेत भाग खोज्ने गरेको सुन्दा धरहरालाई लाज लागेर आउँछ। हैन यो कस्तो चाला हो? बसी बसी पनि कमिसन खानु त पक्कै हजम हुँदैन होला। कि कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्