“हामी मार्केट लिडर नै हौं”



बरदान बस्नेत
एसिस्टेन्ट सेल्स डाइरेक्टर
अग्नी इन्कर्पोरेटेड प्रालि

अग्नी इन्ककर्पोरेटेड महिन्द्रा एन्ड महिन्द्रा ब्रान्डका मल्टि युटिलिटी गाडी (एमयुभी) तथा ट्रयाक्टरको आधिकारिक डिस्ट्रिब्युटर हो। सन् १९९१ मा व्यवसाय थालेको कम्पनीले त्यसयता ५ हजारभन्दा बढी एमयुभी बिक्री गरिसकेको छ। १२औं नाडा मेला राजधानी चलिरहँदा अग्नी इन्कर्पोरेटेडका एसिस्टेन्ट सेल्स डाइरेक्टर एमयुभी, बरदान बस्नेतसँग कम्पनी र त्यहाँका गतिविधिलाई लिएर नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानी।

अग्नी इन्कर्पोरेटेड प्रालिको स्थापनाको बारेमा संक्षिप्त बताइदिनोस् न ?
अग्नी गु्रपको स्थापना १९९१ मा स्थापना गरेका थियौं। कम्पनीको व्यवसाय महिन्द्रा भेहिकल, ट्रयाक्टरको डिस्ट्रिब्युसनबाट शुरू गरेका हौं। स्थापनाको २५ वर्ष पुगिसक्दा नेपाली बजारमा हाम्रो स्थिति राम्रै छ। केही उतारचढावका बाबजुत हामीले ट्रयाक्टर, युटिलिटि भेहिकल, पिकअप सेल गर्यौं। त्यसबाहेक टु ह्विलर्स मोटरसाइकल तथा स्कुटर, जेनेटर, म्याकसीमाइज ओइल, महिन्द्रा रेभाको ईटीओ बिक्री गरिरहेका छौं।

बजारमा तपाईहरूको कस्तो उपस्थिति छ ?
हाम्रो मार्केट शेयरको हिसाबले चाहिँ पिकअप र युटिलिटि भेहिकलको सवालमा हामी मार्केट लिडर नै छौं। हामीले पूर्वदेखि पश्चिमसम्म यसको बिक्री वितरण गरिरहेका छौं। डिलर नेटवर्क पनि पूर्वदेखि पश्चिमसम्म छ। काठमाडौंमै चारवटा शोरुम छ। वीरगन्जमा एउटा छ भने देशभर २१ वटा डिलर छन्। सेल्स र सर्भिस प्वाइन्ट झण्डै ६० वटा पुग्छन्।

उपभोक्ताले किन महिन्द्रको गाडी किन्ने ?
हामी बिक्रीपछिको सेवा सर्वसुलभ हिसाबले उपलब्ध गराउछौं। हामी तपाईं नेपालकै जुनसुकै कुनामा रहे पनि त्यहीस्तरको सेवा प्रदान गछौं। काठमाडौंमा नै हाम्रो ८ वटा सर्भिस सेन्टर छ। तपाईंले हाम्रो सेवा घरदैलो नजिकै पाउन सक्नुहुन्छ। लेटेस्ट टेक्नोलोजी भएको गाडी र नेपालको बाटोको लागि सुहाउँदो अफरोडदेखि लिएर सामान्य शहरमा मिल्ने खालको गाडी उपल्ब्ध गराउँदै आएका छौं। मान्छेले सोखको हिसाबले भन्दा पनि आवश्यकताको हिसाबले प्रयोग गर्नुहुन्छ। हाम्रा फ्यामिलि भेकलको गाडी पनि छन्। हामीसँग सबै खालका गाडी उपलब्ध छन्।

त्यस्तै दशैं तिहारलाई लक्षित गरेर हामीले नाडा अटो शोमा विभिन्न स्किम ल्याएका छौं। त्यसमा सुनदेखि लिएर स्कुटर, ३०० सीसीको मोटरसाइकल, इलेक्ट्रिक बाइक, एक्सयुबी हाम्रो उत्कृष्ट कार स्किममा छ।

तपाईंको बुझाईमा अटो बजारको अवस्था कस्तो छ ?
विगत २ वर्षमा पछिल्लो ६ महिनामा त्यति सहज भएन। बैंकिङ तरलताले गर्दा पनि कमि भयो। ब्याजदर बढेर व्यापार धेरै घटेको थियो। चाडपर्व आउने बेलामा चाहिँ अलि चहलपहल भएको छ। चालू आर्थिक वर्षमा केही सहज भएको छ।

निकट भविष्यमा हामीले आफ्नै फाइनान्स कम्पनी पनि ल्याउने विचार गरेका छौं। ग्राहकलाई अझ सर्वसुलभ हिसाबले सेवा दिन यसो गर्न लागेका हौं।हामीले भविष्यमा विभिन्न गाडीको प्रोडक्टहरू ल्याउछौँ। हामीले झण्डै ४ सय भन्दा बढि व्यक्तिले रोजगारी दिएका छौं।

बजारमा तपाईंहरूको कुन गाडीको माग छ ?
कम्पनीको सबैभन्दा धेरै बिक्री स्करपियो, बोलेरो बढी रहेको छ। नेपालको मार्केटको साइज अनुसार माग हुने गर्छ। सरकारको प्राथमिकतामा के पर्छ, त्यसैले फरक पार्छ।

प्रतिक्रिया दिनुहोस्