समाचारपत्रकर्मी तिमल्सिना सम्मानित



 

नेपाल समाचारपत्र
काभ्रे
बेलर इन्टरनेसनल स्कुल बनेपाले नेपाल समाचारपत्रकर्मी एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई एक कार्यक्रमका बीच सम्मान गरेको छ। तिमल्सिनासँगै रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामा पनि सम्मानित भए।

सम्मानित व्यक्तिहरूलाई नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै नेपाल टेलिभिजनका संवाददाता एवं नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य देवराज केसीलाई पनि सोही अवसरमा सञ्चारमन्त्री बस्नेतले प्रशंसापत्र प्रदान गरेका थिए। कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा उत्र्तीण विद्यार्थीलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा सञ्चारमन्त्री बस्नेत, विद्यालयका अध्यक्ष भोला थापालगायतले सम्मान गरेका हुन्। सोही कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदै र प्रदेश तथा संघको समेत निर्वाचन घोषणा भइसकेको अवस्थामा राजनीतिक आन्दोलन सकिएर मुलुक नयाँ दिशामा प्रवेश गर्न लागेको बताए। राष्ट्रियताको सवालमा अन्य देशमा जस्तो नेपालमा एकता नभएकाले दलहरूभित्रको विवादका कारण राष्ट्रियतामासमेत विभाजन हुनुपरेको बताउँदै मन्त्री बस्नेतले देशका लागि आवश्यक पर्ने दक्ष जनशक्तिमा बेलर इन्टरनेसनल स्कुलले पुर्याएको योगदानको चर्चा गरेका थिए।

विगत एक दशकदेखि बेलर इन्टरनेसनल स्कुलले काभ्रे र आसपासका जिल्लाका विपन्न, अति विपन्न र विभिन्न खाले समस्याबाट पीडित बालबालिकाका लागि समेत निःशुल्क प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा विद्यालयका अध्यक्ष भोला थापाले बेलर इन्टरनेसनलले विश्वमा भइरहेको शिक्षाको फड्को र अवस्थालाई मध्यनजर गर्दै नेपालमा पनि त्यसको थालनी गर्न बेलरबाट शुरू गरेको बताए। विद्यालयका प्रबन्ध निर्देशक पवनकुमार थापाले बेलरले शिक्षामा फरकपन दिन सकिन्छ भन्ने देखाउन र व्यवहारमै विद्यार्थीलाई सहभागी गराउने अभ्यास बेलरले दिइरहेको बताए। कार्यक्रममा कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले स्थानीय तहअनुसारको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्