सर्वनामका सारथि



कमल ढकाल
नाटक रंगमञ्चको सीमाभित्र बाधिँदैन, नाटइ् प्रस्तुति स्वयंले आफ्नो समय र स्थल आफै निर्माण गर्छ।’ नाटकमा लाग्नेको लागि महान् वाणी हो यो। अशेष मल्लको जिन्दगीको भोगाइबाट निक्लेको दर्शन हो यो। कालिकास्थान बाँसघारी नजिकैको सर्वनाम थिएटरमा लेखिएको यो उद्गारले नाटकमा लाग्नेलाई नाटइ् प्रस्तुतिमा विशेष ध्यान दिन सूचित गरिरहेको छ।

जिन्दगी डेरामै बित्छ कि भनेर घोत्लिनेलाई घर बनाउँदा जति खुसी हुन्छ, त्योभन्दा बढी खुसी छन् अशेष। सर्वनाम थिएटरको घर गौरवको विषय बनेको छ अशेषका लागि। परिकल्पना र सृजना शीर्षकको हेडलाइन हालेर कसैको सुका पैसा नलागेको नाटक र सडक नाटकबाट जोगाएको तिलदाम जोडेर भवन ठडइइएको भन्दै शिलालेख नै छपाएका छन् उनले।

हरेक मान्छे सम्भावना लिएर जन्मेको हुन्छ। धनकुटामा जन्मेका अशेष पनि आफ्नो सम्भावना नाटकमा देखेर लागे। सांस्कृतिक विकासको चरम युगमा जन्मे अशेष। धनकुटामा जताततै मादल, सितार, सारंगीका आवाज सुन्थे। पुजारीलाई घण्टको आवाजले तानेजस्तै अशेषलाई त्यही माहोलले तान्यो, जहाँ उनी कवि बन्न पुगे। अभिनय गर्ने कलाकार बन्न पुगे। साहित्य र नाटकमा रुचि बढ्दै गयो। किशोर अवस्थामै कलाकार समूह बनाएर लागे नाटकमै। २०३१ देखि लागेको त्यो समय अब चालिस प्लस हुँदै अगाडि बढिरहेको छ।

अशेषले गौंथलीले चुच्चोमा माटो ल्याएर आफ्नो घर बनाएजस्तै गरी सर्वनाम तयार गरेका हुन्। संसारको जुन कुनामा पुगे पनि त्यहाँको नाटक कस्तो छ भनेर हेर्छन्, अनि त्यसमा मनमनै सर्वनाम मिसाउँछन्। के सुधार गर्नुपर्छ, गर्छन्। नाममाथि सर्वनाम लागेजस्तै अहिले अशेष मल्ल भन्नेबित्तिकै सर्वनाम थिएटर र नाटकका मान्छे भन्ने सर्वनाम उनमा आइहाल्छ। जानेर नजानेर जीवनमा सर्वनाम उनको प्रिय शब्द बन्यो। उनी त्यो शब्दका सारथि बने।

२०३२ मा आफैले लेखेको नाटक तुवाँलोले ढाकेको आकाश लिएर धनकुटाबाट धरान, विराटनगर वीरगन्ज हुँुदै राजधानी शहर आए। ५५ जनाको डफ्फा थियो त्यो। सबै यहाँ भाग्य अजमाउन आएका थिए। अरू हिँडे, अशेष अडिए। अशेष मात्र भाग्यमानी बने। एक महिनासम्म एकेडेमीमा भिडमभिडले नाटक चल्यो। फिल्ममा जस्तै टिकट काटेर नाटक देखाउने सपना विपना बनेपछि अशेषले १५ सय कमाए। त्यो १५ सय थिएन। १५ लाख थिएन। त्यो १५ करोड पनि थिएन। त्यो १५ सय उनको जीवन नाटकमा लगाउने जीवनद्वार थियो।

सकारात्मक ढंगले हेरेपछि गाली पनि औषधि बन्छ। नकारात्मक सोच्नेलाई अर्ती पनि विष हुन्छ। राजपरिवारसमेत आएर हेरी अपार सफलता पाएको नाटकबाट गदगद बनेका थिए अशेष। त्यही नाटकलाई साहित्यकार विजय मल्लले यस्तो थोत्रो पनि नाटक हुन्छ, तिमीले नेपाली नाटकलाई ५० वर्ष धकेल्यौ, आधुनिक नाटक लेख अनि देखाऊ भनेर ठूलो स्वरमा झपारे। मिठो निन्द्रामा पानी हालेर झस्याङ भएजस्तै भए अशेष। साहित्यकार विजय मल्लको भनाइ उनको जिन्दगीमा आकाशवाणी भयो। विजय मल्ल एक मोड बने अशेषको जिन्दगीको। गाली नपाएको भए अशेष आधुनिक नाटक खोज्न दौडँदैनथे। त्यसरी नदौडेको भए आजको अशेष हुन सम्भव थिएन।

आधुनिक नाटक बुझ्न ब्रिटिस, अमेरिकन र भारतीय लाइब्रेरी खुब धाए अशेष। नाटक भावको अभिव्यक्ति हो। यही बुझे पढाइले। त्यसपछि बिहानदेखि बेलुकीसम्म असनमा हुने दिनचर्यालाई लिएर सिंगो असनलाई नाटकको डोकोमा हाले। त्यही डोको घोप्टइए अशेषले सडकदेखि सडकसम्ममा। त्यही बन्यो उनका लागि आधुनिक नाटक। जसबाट प्रशंसा पनि निकै पाए।
२०३८ चैत्रमा सर्वनाम नाटइ् समूह स्थापना गरे अशेषले। आज सर्वनाम ३६ वर्ष भइसकेको छ। यहाँसम्म आउँदा अशेषको जिन्दगीमा पनि धेरै नयाँ आयाम आएको छ। सडक नाटक देखाउने नेपालकै पायोनियर मान्छे बनेका छन् अशेष। त्रिविका प्रोफेसर बनेका छन्। सयभन्दा बढी नाटकका लेखक र प्रदर्शनका द्रष्टा। नेपाल एकेडेमीका भूतपूर्व प्राज्ञ। नाममाथि अनेक विशेषण झुन्डिएको छ अशेषको।

हरेक सपना विपना बन्न समय लाग्दो रहेछ। अहिले यही बुझेका छन् अशेषले। २३ वर्ष अगाडि अशेषले एक सपना देखेका थिए। हङकङमा खुला आँखाले देखेको सपना थियो त्यो। अहिले पूरा भएको छ। एकै घरमा कतै साहित्यको कुरा भइरहेको, कतै आर्टमा मान्छे झुम्मिइरहेका, कतै रंगमञ्चको काम भइरहेको, त्यही चिकया चमेना गर्दै असभ्य राजधानीलाई सभ्यताको परिचय दिन लागिपरेका त्यस्तो एक घर बनाउन पाए भन्ने सपना सर्वनाम थिएटरले पूरा गरेको छ। संसारमा जहाँ पनि नाटक देखाउनेलाई स्पेसले पिरोल्ने व्यथाबाट मुक्ति पाउन खोज्दा नै अशेषले दुई काम गरे। एक खेतका गरा, चोक, डबलीमा सडक नाटक देखाएर नेपालका सडक नाटकका प्रणेता, अर्काे सर्वनामको आफ्नै भवन।

हरेक क्षेत्रमा पागल भएर लाग्नु मान्छेको सफलताको सूत्र हो। यसले यसो भन्ला कि उसले उसो भन्ला कि भनेर रोकिँदै अगाडि बढ्ने मान्छे सफल बन्न सक्दैन। आफू नाटककै लागि जन्मेको भन्ने पूरा बुझिसकेका अशेषले आफूलाई नाटकको पागल मान्छे मान्छन्। चार दशक बढी समय लगातार एकै क्षेत्रमा पैसा आए पनि नआए पनि निरन्तर लाग्नु पागलपन नभए के हो त? उनको प्रतिप्रश्न छ। भन्दै थिए, श्रीमान् पागल भएर लाग्नेको श्रीमती पनि पागल हुनुपर्छ, सफल भइहाल्छ।
श्रीमती डा. सावित्री मल्ल पनि नाटकमै विद्यावारिधि गरेकी रहिछन्। छोरी सम्पदा बलिउडमा आफ्नो फिल्मि लेखन कर्म गरिरहेकी छिन्। छोरा पढिरहेका छन्। परिवारबाट पनि सन्तुष्ट बनेका छन् उनी। अशेष आफूलाई भाग्यवादी र ईश्वरवादी मान्छन्। सर्वनामकै छेउछाउमा बाँसको झइङमा चरा कराएजस्तै थिएटरमा कल्याङकुलुङग आएपछि अशेष आनन्द मान्छन्।

अशेषले गौंथलीले चुच्चोमा माटो ल्याएर आफ्नो घर बनाएजस्तै गरी सर्वनाम तयार गरेका हुन्। संसारको जुन कुनामा पुगे पनि त्यहाँको नाटक कस्तो छ भनेर हेर्छन्, अनि त्यसमा मनमनै सर्वनाम मिसाउँछन्। के सुधार गर्नुपर्छ, गर्छन्। नाममाथि सर्वनाम लागेजस्तै अहिले अशेष मल्ल भन्नेबित्तिकै सर्वनाम थिएटर र नाटकका मान्छे भन्ने सर्वनाम उनमा आइहाल्छ। जानेर नजानेर जीवनमा सर्वनाम उनको प्रिय शब्द बन्यो। उनी त्यो शब्दका सारथि बने।

प्रतिक्रिया दिनुहोस्