बलिउडका ५ चर्चित अनस्क्रिन जोडी



 

बलिउडमा यस्ता कयौं जोडी छन्, जुन जोडीले सिल्भर स्क्रिनमा आफ्नो जादु देखाएर दर्शकको मुटुमा बस्न सफल भएका छन्। चाहे त्यो ८० को दशकको ऋषि कपुर–डिम्पल कपाडियाको जोडी होस् या ९० को दशकको अक्षय कुमार–रवीना टन्डन र शाहरुखका जोलको जोडी नै किन नहोस्?

यी अनस्क्रिन जोडीको केमेस्ट्री आज पनि कयौं मानिसहरु पर्दामा हेर्न चाहन्छन्। यद्यपि यी जोडीहरुको विवाह भइसकेको छ। तर आज पनि दर्शकहरु यिनीहरुलाई रियल लाइफ पार्टनरभन्दा बढी अनस्क्रिन पार्टनरसँग देख्न चाहन्छन्। बलिउड अनस्क्रिन जोडीहरु जसका लागि दर्शकहरु मरिहत्ते गर्छन्, तिनीहरु यस्ता छन्ः

१ अक्षय–रविना
अक्षय कुमार र रविना टन्डनको अनस्क्रिन जोडीलाई नै बलिउडमा सबैभन्दा धेरै रुचाइएको जोडीका रूपमा लिइएको छ। यो जोडीले मोहरा, खिलाडियोंका खिलाडी, कीमत, बारुद, पुलिस फोर्सजस्ता हिट फिल्म दिएर दर्शकको मन जितेको थियो। वास्तविक जीवनमा अक्षयले ट्विंकल खन्नासँग विवाह गरे भने रविनाले अनिल थडानीसँग विवाह गरिन्।

 

२ काजोल–शाहरुख

काजोल र शाहरुख खानको अनस्क्रिन जोडीलाई पनि बलिउडमा चर्चित र हिट जोडीका रूपमा लिइन्छ। यो जोडीले बाजीगर, करनअर्जुन, दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, कभी खुशी कभी गम र दिलवालेजस्ता चर्चित फिल्ममा स्क्रिन साटासाट गरे। काजोलले अजय देवगनसँग विवाह गरिन् भने शाहरुखले गौरी खानसँग विवाह गरे।

३ श्रीदेवी–अनिल
बलिउडमा श्रीदेवी र अनिल कपुरको अनस्क्रिन जोडीलाई पनि निकै रुचाइन्छ। मिस्टर इन्डिया, राम अवतार, हीररांझा, लाडला, मिस्टर बेचारा, जुदाईजस्ता फिल्ममा सँगै देखिएको यो जोडीले पर्दामा निकै किस्सा साटासाट गर्यो। यद्यपि श्रीदेवीले पहिला मिथुन चक्रवर्तीसँग र पछि बोनी कपुरसँग विवाह गरिन् भने अनिलले सुनिता कपुरलाई जीवनसंगीनीका रुपमा अपनाए।

४ अमिताभ–रेखा
बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन र रेखाको अनस्क्रिन जोडीलाई रुचाउनेको संख्या पनि कम्ती छैन। नमक हराम, दो अनजानो, मिस्टर नटवरलाल, सुहाग, सिलसिलाजस्ता फिल्ममा देखिएको जोडीले पर्दामा निकै रोमान्स गर्यो। अमिताभले जया बच्चनसँग विवाह गर्दा रेखाले मुकेश अग्रवालसँग १ वर्षमात्र बिताइन्। किनकि सन् १९९१ माा मुकेशले आत्महत्या गरे।

५ ऋषि–डिम्पल
त्यस्तै ९० को दशकमा हिट भएको अर्काे अनस्क्रिन जोडीमा ऋषि कपुर र डिम्पल कपाडिया पर्छन्। यो जोडीले बब्बी, सागर, अजुवा, प्यारमे ट्विस्ट, पटियाला हाउसजस्ता फिल्ममा काम गर्यो। पछि ऋषि कपुरले नितु सिंहसँग विवाह गरे भने डिम्पलले राजेश खन्नासँग विवाह गरिन्। राजेशको सन् २०१२ मा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्