हजम भएन रे !



चुनावहरू नजिकिँदै छन्। प्रदेश–२ मा स्थानीय तहको निर्वाचन हुँदै छ भने अन्य चुनावका तिथि पनि यही मेसोमा सार्वजनिक भइसकेका छन्।

प्रधानमन्त्री भने हिजो सुदूरपश्चिमतिर पुल शिलान्यासतर्फ लाग्नुभयो। पुल शिलान्यासलाई आचार संहिताले छुनुपर्ने हो तर प्रमको हकमा भने छोएको देखिएन। बरु निर्वाचन आयोगका तर्फबाट हिजो वक्तव्य नै जारी गरेर भनिएछ– ‘प्रधानमन्त्री देउवाले पुल शिलान्यास गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भईआएकाले सहमति प्रदान गरिएको हो।’

अब कसैले चाहिँ टोपी लाउँदैमा पनि आपत्ति जनाउने आयोगले कसैलाई चाहिँ यसरी छुट दिनु अलि हजम भएन है भन्ने पनि धरहरा वरपर थुप्रै देखिए। पाठकवृन्दलाई कस्तो लाग्यो कुन्नि ?

प्रतिक्रिया दिनुहोस्