कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको परीक्षाफल सार्वजनिक



पुष्कर बुढाथोकी, भक्तपुर ।
गत बैशाखमा संचालन भएको कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा वोर्डका अनुसार १२ कक्षाको नियमित परीक्षामा ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
नियमित तर्फको परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।नतिजा प्रकाशनमा ढिलाई हुँदा स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परीक्षा दिन पाएका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्