को खुसी, को दुःखी ?



 

राजधानीका मेयर उपमेयरहरू के गर्दै हुनुहुन्छ कुन्नि तर धरहराको छेऊछाउमा फोहोर गह्नाएर टिकी साध्य भएको छैन। धरहरा निर्जीव भएर मात्रै हो नत्र के–के भइसक्थ्यो थाहा छैन। सायद सरुवा रोग अस्पतालतर्फ लग्नुपर्दथ्यो होला। धूलो, धुँवा, हिलो र खाल्डाबाट त स्थानीय बासिन्दा जेनतेन जोगिँदै आएका थिए अब त फोहोर पनि धान्नुपर्ने भयो।

सायद स्मार्ट सिटी भनेको यही होला ? कि कसो मेयर–उपमेयर महोदय ? अझ फोहोरको बारेमा कुरा उठायो भने मेयर उपमेयरको त कुरै छोडौं सम्बद्ध पार्टीहरू नै ठुस्स पर्ने गरेको समेत धरहराले देखेको छ। जस्तो कि काठमाडौंको बारेमा कुरा उठायो भने एमालेवालाहरू रिसाउने, ललितपुरको बारेमा कुरा उठायो भने कांग्रेसवालाहरू रिसाउने।

अब भरतपुरतिरको कुरा उठायो भने माओवादीवालाहरू रिसाउने होला। अनि के कसैले केही पनि कुरा नउठाउँदाचाहिँ खुसी हुने हो ? हैट दलहरूलाई खुसी पार्ने मुडमा जनता छैनन् है। जनताले चाहिँ दलहरूबाट खुसी खोजिरहेका छन्। यतातिरचाहिँ ध्यान दिनु जरुरी होला कि ? कि कसो पाठकवृन्द ?

 

प्रतिक्रिया दिनुहोस्