गणेशमान हस्पिटलसँग बिरामी दंग



 

काठमाडौं, (नेस)
ललितपुरकी २८ वर्षीय जानुका थापा महत विगत केही वर्षदेखि मृगौला तथा पित्तथैलीको पत्थरीबाट पीडित हुनुहुन्थ्यो। विभिन्न अस्पतालमा धाउँदा उपचार धेरै नै खर्चिलो भएको र घरको आर्थिक अवस्था कम्जोर रहेको, श्रीमान डिप्रेसनको रोगी भएकाले उनी उपचारको खोजीमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुगिन्।

मेरो आर्थिक अवस्थाका कारण शल्यक्रिया गर्न सक्ने अवस्थामा नभएकाले शल्यक्रिया गर्ने विषयमा डा. नारायण थापा र गणेशमान सिंह मेमोरियल हस्पिटललाई अनुरोध गर्दा मेरो किड्नी तथा पित्तथैलीको शल्यक्रिया २०७४ भदौ ४ गते सम्पूर्ण खर्च निःशुल्क गरिदिनुभयो, जानुकाले भनिन्। ‘यस्तो अवस्थामा बाँचेकी मलाई अस्पताल र डा. नारायण थापा तथा उहाँको टिमले नयाँ जीवन दिनुभएकोमा म डाक्टरसाब र हस्पिटललाई धन्यवाद दिन चाहन्छु उहाँको भनाइ थियो।

कुरुवा बसेकी राधा थापाले भनिन्– ‘हस्पिटल साच्चिकै मनकारी रहेछ, यहाँका डाक्टर विषेश गरेर डा. नारायण थापा, नर्स तथा अन्य सेवा सुविधा पनि राम्रो लागेकाले उपचारका लागि सबैलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा नै सेवा लिन सल्लाह दिन्छु र हामीलाई लागेको छ कि गणेशमान सिंह मेमोरियल हस्पिटल तथा उपचारमा संलग्न डाक्टर साँच्चै नै दीन दुःखीका लागि रहेछन्।

प्रतिक्रिया दिनुहोस्