इस्लिङटनमा एस्पायर इन्टरकलेज १०१७



नेपाल समाचारपत्र, काठमाडौं / कमलपोखरी स्थित इस्लिङटन कलेजले एस्पायर इन्टर कलेज मेनेजमेन्ट इभेन्ट–२०१७ आयोजना गरेको छ । शुक्रबार देखि आइतबारसम्म आयोजना हुन लागेको इभेन्ट नेपालको पहिलो बेलायत मेनेजमेन्ट कार्यक्रम हो । कार्यक्रमले स्नातक तहमा अध्ययनतर विद्यार्थीको आफ्नो व्यवहारिक जीवनयापनमा आइपर्ने समस्या र विभिन्न परिदृष्य सामना गर्न महत्वपुर्ण भुमिका रहने कलेजले जनाएको छ ।

व्यापार, व्यवसायमा बढ्दो प्रतिस्पर्धाका साथ विद्यार्थीहरुको निकट प्रीतस्पर्धामा आइपर्ने समस्या समाधान गर्न मेलाले महत्वपुणर््ा भुमिका निर्वाह गर्नेछ । विद्यार्थीको व्यवस्थापकिय क्षमतालाई मजबुत बनाउन मेलाको मुख्य उद्देश्य रहेको छ । मेलामा ६ वटा विभिन्न कार्यक्रम समावेश गरिएको छ । विद्यार्थीको रचनात्मक शिप, विष्लेषणात्मक क्षमता र प्रस्तुतीकरणको विषय मेलामा समावेश गरिएको छ ।
मेलामा ब्यापार प्रनोत्तरी खेल, उद्यमी कार्यक्रम,बजार व्यवस्थापन,विज्ञापन संरचना र विस्तार, सार्वजनीक बोलपत्र तथा ब्यापार प्रशासन जस्ता कार्यक्रम समावेश गरिएको कलेजले जनाएको छ । मेलाको समापन समारोहको दिन आइतबार ‘ब्रिटेन कलिङ’ नामको उत्सव आयोजना गरिएको थियो । कमलपोखरी स्थित कलेजमा आयोजित मेलामा अन्य विविध कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्