बाढीपीडितसँग डा. रवीन्द्र



 

नेपाल समाचारपत्र
काठमाडौं
जनस्वास्थ्य विशेषज्ञ तथा साहित्यकार डा. रवीन्द्र समीरले तराईका अति प्रभावित बाढीपीडित गाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण गरेका छन्। सप्तरीको दक्षिणमा डुबानमा परेको रामपुरा, कोल्हडियाको अति विपन्न मुसहर तथा चमार बस्तीमा गत शनिबार उनले ३ सय ५० भन्दा धेरै बिरामीको निःशुल्क स्वास्थ्य शिविरमार्फत् उपचार गरेका छन्। त्यस्तै आइतबार उनले सप्तरीको सरपरा गाउँमा डुबानमा परेका ४ सय ५० भन्दा धेरै बिरामीलाई पनि निःशुल्क स्वास्थ्य शिविर चलाएर उपचार गरेका छन्।

त्यस्तै बाढीको कारण जलाशयले टापुजस्तो बनेको गोबरगाढा गाउँका २ सय महिला तथा १ सय पुरुषका लागि नयाँ कपडा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई हस्तान्तरण गरेका छन्।

बाढीपीडित ८ जिल्लामा प्राथमिक उपचारका सामग्री तथा औषधि पठाएका डा. समीरले आफूले उपचार गरेका अति विपन्न रामपुराका मुसहरलाई खाद्यान्न तथा कपडा वितरण गर्न नेपाल चलचित्र कलाकार संघसँग समन्वय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्