शिवम् सिमेन्टको न्यु डायमन्डसँग सम्झौता



 

काठमाडौं, (नेस)
नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रूपमा शिवम् सिमेन्टको साथ पाएको छ। नेपालको लोकप्रिय सिमेन्ट शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो।

शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेड लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्ड प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे। सम्झौता अनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ। त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रूपमा रहनेछ। सम्झौतासँगै न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगोअंकित जर्सी लगाउनेछन।

नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यती रकममा सम्झौता भएको यो पहिलो पटक हो। सम्झौतापछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले भलिबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए। उनले छिट्दै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रूपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्