प्रधानसेनापति ट्रफी शुरू



नेपाल समाचारपत्र,काठमाडौं
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७४’ को शुरूआत भएको छ।

शुक्रबार प्रतियोगिताअन्तर्गत् एथ्लेटिक्सअन्तर्गत महिला तथा पुरुष ४ सय र १५ सय मिटर दौडको फाइनल भएको थियो। प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले शीर्ष तीन हुने खेलाडीलाई पुरस्कार वितरण गरेका थिए। त्यस्तै विगत द्वन्द्वको क्रममा घाइते तथा अशक्त भएर पनि विभिन्न खेल विधाहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याएको योगदानको कदर स्वरूप पदोन्नति प्राप्त गरेका सेनाका १३ खेलाडीलाई दज्र्यानी चि≈न प्रदान गरिएको थियो।

उत्कृष्ट खेल प्रतिभाहरूको खोजी गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्न २०६५ सालबाट शुरू गरिएको खेलकुद प्रतियोगिता राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलकुदको विकासका लागि कोसेढुङ्गा सावित भएको नेपाली सेनाले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्