पानी पर्न साथ घर छाड्छन मेमेङबासीहरु    



गणेश साम्पाङ, पाँचथर ।    पानी पर्न शुरु हुन साथ आप्mना बन्दोबस्तिका सरसमान बोकेर बालबालिका बृद्ध बृद्धा लगायत गाउँका सबै जना सिन्दुरे डाडा तिर लाग्छन् मेमेङबासीहरु ।

गएको शुत्रबार आएको पहिरोमा परी बिस्थापित भएका पाँचथर फालेलुङ गाउँपालिका वडान ३ मेमेङका स्थानीयबासीहरु अहिले घरबार बिहीन हुनका साथै कष्ट पुर्ण दिनहरु बिताई रहेका छन । जब पानी पर्न शुरु हुन्छ हतार हतार गाई बस्तुलाई घाँस हालेर हतार हतार सुरक्षित रहेको माथि जंगलको सिन्दुरे डाडा तिर लाग्छौं साबिक मेमेङ ३ खोलाघारी टोलका का भिमप्रसाद राई भन्नुहुन्छ ।

गाउँका सबै घर धरापमा छन कति बेला पानी पर्नसाथ पहिरो जान्छ भन्न सकिने अबस्थामा छैन स्थानिय युवा हर्कराई भन्नुहुन्छ । दिउँसो दिउँसो घरको काम ग¥यो साँझ पर्न साथ माथि जंगलतिर उक्ल्यो यो सास्ती कहिले सम्म ब्यहोनु पर्ने राई प्रश्न गर्नु हुन्छ । पहिरोमा परेका सो टोलका ३८ घरका ब्यक्तिहरु अहिले पनि गाउँ माथिको सिन्दुरे डाडामा रात काट्न बाध्य छन ।

खोलाघारी टोलकामात्र होइन सो वडाको ताङलेपा,मालेबुङ र सेपी टोलका पहिरो पिडीतहरु प्नि सुरक्षित स्थानमा रात काटी रहेका छन । भिरालो परेको जमीनमा बनेका घरहरु अति जोखिममा छन जताततै जमिन चर्किएको छ अलि ठुलो पानी पर्न साथ चिरिएको जमिन तुरुन्त पहिरो जान्छ ढुक्कले कसरी सुत्नु गाउँका धेरै मान्छेहरु सुरक्षित स्थानमा रात बिताउँछन स्थानीय युवा तितश राई भन्नुहुन्छ ।
पहिरोका कारण सो वडामा १२ परिवारको टाउको लुकाउने ठाउँ समेत छैन पहिरोले उनीहरुको घरको नाम निशान छैन बेघरबार बनाइदियो वहाँ भन्नुहुन्छ । पहिरोले घर संगै बगाएर मृत्यु भएका ताङलेपाका एकै परिवारका ३ सदस्य मध्ये २ को ब्यक्तिको त अहिले सम्म लाश समेत भेटाइएको छैन । पहिरोमा एक सय भन्दा बढी परिवार बिस्थापित भएका छन ।
पहिरोले सो वडाका हजारौं रोपनी खेती योग्य जमिन तहश नहश बनाएको छ धान फल्ने खोला छेउको फाँट अलैंचीको बगान सबै बगाई दियो । यस पटकको जस्तो ठुलो र लामो समय सम्म पानी परेको मलाई थाहा थिएन सयै पटक देख्नु प¥यो भोग्नु प¥यो खोलाघारीका ६५ बर्यिय डम्बरबहादुर राई सुनाउनु हुन्छ ।
पहिरोमा परेको फालेलुङ वडा न १ र ३ का पहिरो पिडीतलाई बर्गिकरण गरेर राहत दिने काम भइ रहेको छ पहिलो मृतकको पविारलाई त्यस पछि क ख र ग नमा बर्गिकरण्मा छुटाएर राहत दिने काम भइ रहेको र अहिले सम्म कुन बर्गमा कति परिवार परे भन्ने तथ्याङ्क आइ नसकेको राहत बितरण र तथ्याङ्क संकलन समेत भइ रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्