बिद्युत उपकरण चोरेर सक्न थाले, कर्मचारी बेपत्ता !



विमल विष्ट, डोटी
उचित संरक्षण तथा सम्र्बधन नगरिदा सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको समुहगाढ जलबिद्युत आयोजनामा महत्वपुर्ण समाग्रीहरु चोरी हुन थालेका छन् ।

२०३८ सालमा दिपायलको कुलपाते नजिक समुहगाढ खोलामा निर्माण गरिएको २ सय किलो वाट क्षमताको उक्त बिद्युत पावर हाउसमा गएको २०६६ साल भदौ महिनामा आएको बाढीपहिरोले क्षेती पु¥याएपछि उहिले सो पावर हाउस बेवारी अबस्थामा रहेको छ । पावरहाउस बेवारीसे भएपछि अहिले त्यहाँ रहेका बिद्युतका महत्वपुर्ण समाग्री चोरी हुने गरेको स्थानियबासीहरु बताउछन् ।

बाढी पहिरोले पावर हाउसको पेनस्कटक पाईप तथा पावर हाउसमा क्षती पु¥याएपछि अहिले सम्म सो पावर हाउसको मर्मत कार्य नगरिदा र पावर हाउसमा पनि कर्मचारी नबस्दा सरसामानहरु दिनहुँ चोरीन थालेको स्थानियबासी खडक खातीले बताउनु भयो । उहाँले भन्नु भयो ‘पावर हाउसमा कोही पनि बस्दैनन् राम्रा र महंगा सरसामानहरु कवाड हुदै छन् भने कयौ सामान चोरी हुन थालेका छन् ।’ डोटी सानाजलबिद्युत कार्यालयका प्रमुख ललितनारायण चौधरीले बाढीपहिरोले क्षती पु¥याएको सो पावरहाउस मर्मत गरेर बिद्युत सुचारु गर्नका लागि केन्द्र बाट टोलि समेत आएको र खर्चबढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताउनु भयो । उहाँले भन्नु भयो ‘मर्मत खर्चनै बढी आउने जस्तो देखिएकाले मर्मतको कार्य सुरु नगरेको आफुले जानकारी पाएको मात्रै छु ,के गर्न सकिन्छ केन्द्र संग लेखा पढि गरेका छौ,केही खबर आएको छैन् ।’

उक्त पावरहाउस पुःन निर्माण गरी बिद्युत सुचारु नगरिदा डोटीमा अहिले दैनिक एक घण्टा लोडसेडिङ हुन थालेको छ । उक्त बिद्युत पावर हाउसमा खटिएका कर्मचारी तथा चौकीदारहरु पनि बाढीपहिरोले पावर हाउसमा क्षेती पु¥याएपछि दिपायल पिपल्ला स्थित बिद्युत सबस्टेसनमा सारिएकाले अहिले सो कार्यालय सुनसान भएको डोटी सानाजलबिद्युत केन्द्रका प्रशासन फाँटका प्रमुख बलबहादुर बिकले बताउनु भयो । उहाँले भन्नु भयो ‘बाढीपहिरोले पावरहाउसमा बस्ने अवस्था रहेन कर्मचारीहरु सब स्टेसनमा सारेका हौ, बिद्युत समाग्रि चोरीदैछन् भन्ने थाहा पाएपछि ,अहिले एकजना सुरक्षाका लागि कर्मचारी खटाएका छौ ।’ उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरहरुले चोरेरले बिक्रि गरिसकेको बताईएको छ ।

कस्ले चोर्दै छ त ति उपकरण भन्ने बारेमा न बिद्युत कार्यालय लाई जानकारी छ न त नजिकैको सुरक्षाकर्मिलाई । धमाधम बिद्युतमा सामाग्रि चोरी हुदा समेत स्थानिय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानियबासीको छ । उता डोटी साना जलबिद्युतका सब स्टेसन प्रमुख टेकबहादुर खड्काले बिद्युत उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरुपमा अनुसन्धान तथा जानकारी दिने कार्य भईरहेको बताउनु भयो ।

उहाँ भन्नु भयो ‘बिद्युतका सामाग्रि चोर्नेका बारेमा जानकारी लिदैछौ,पत्ता लाग्ने बित्तिकै कानुनी प्रसेसमा लाग्ने छौ ।’ लामो समय देखी बन्द रहेको उक्त पावर हाउसको मर्मत कार्य गरी चाडो बत्ति बालिदिन यहाँका स्थानियले बिद्युत कार्यालय संग माग समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्