रहाणे आफ्नै बिहेमा साधारण लुगामा



 

नयाँदिल्ली, (एजेन्सी)
आजिन्क्य रहाणे चर्चित भारतीय क्रिकेटर हुन्। भारतीय टोलीका स्टार ब्याटसम्यान मैदानमा जति चनाखो देखिन्छन्, मैदानबाहिर उनी अल्छी त्यति नै छन्। रहाणेले आफ्नो बिहेमा समेत अल्छीपना देखाएका थिए। बिहेमा कमसेकम शुट, शेरवानी लगाएर दुलहा सजिन्छ। तर रहाणेले आफ्नो बिहेमा टि सर्ट र जिन्स लगाएर दुलहीको घरमा पुगे।

रहाणे आफ्नो साथीहरू र नातेदारसँगै दुलहीको घरमा पुग्दा त्यहाँ दुलहीका बुबाआमादेखि लिएर सबै जना आश्चर्यमा परेका थिए। उनी बिहेमा होइन, घुम्न निस्केकोझैं थिए। उनलाई देखेर उनकी हुनेवाली श्रीमती राधिका एकदम रिसाएको रहाणेले बताएका थिए। रहाणेले एक अन्तर्वार्तामा आफ्नो जीवनमा सबैभन्दा गल्ती नै यही भएको बताएका थिए। उनले भने– ‘सबैको अनुहार हेर्न लायक थिए।’

रहाणेले दुलहाको लुगा दुलहीका आमाबुबाले दिन्छन् भन्ने लागेको पनि सो अन्तर्वार्तामा बताएका थिए। उनीसँग लुगा फेर्न पनि समय थिएन। त्यसैले उनले स्वयम् शपिङ पनि गरेका थिएनन्। उनले बताए– ‘म त दुलहीतर्फबाट लुगा दिन्छन् भनेर जिन्स टि–सर्टमै बिहे गर्न निस्केको थिएँ। म त साधारण व्यक्ति पनि हुँ। उताबाट पनि लुगा नदिएपछि मलाई एकदमै लाज भयो। सबैको प्रतिक्रियाले पनि मैले केही गलत गरेँ भन्ने भयो।’

प्रतिक्रिया दिनुहोस्