सेनामा गोली प्रहार १ को मृत्यु



 

पोखरा, (नेस)
पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार प्युठ वसन्त लोहारले आफ्नै साथी गणेशसिंह विष्टलाई मंगलबार बिहान साढे ४ बजे गोली प्रहार गरेका थिए।

गोली लागेर गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। आपसी रिसिबीका कारण लोहारले आवेगमा आएर गोली हान्दा उक्त घटना भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले अभियुक्त लोहारलाई निगरानीमा राखेर अनुसन्धान शुरु गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्