यस्ता पनि इमानदार! हराएको ५ लाख मिल्यो



 

काठमाडौं, (नेस)
रन्जना गल्लीमा रहेको साथीको कार्यालयबाट पैसा लिएर टेकुतर्फ जाँदै गरेका एक युवाले खसालेको पैसा स्थानीयले फेला पारी प्रहरीको जिम्मा लगाएपछि प्रहरीले हराएको व्यक्तिलाई उक्त रकम जिम्मा लगाएको छ।

मंगलबार बिहान रन्जना गल्लीमा रहेको रन्जना ट्रेर्डसका सञ्चालक प्रवीन लामासँग लिएर गएको पैसा टेकु पुग्दा हराएपछि भैंसेपाटी बस्ने सुजन लामाले घटनाको बारेमा प्रहरीमा जानकारी गराएका थिए।

लामाले भोटेबहालमा ४ लाख पैसा खसालेपछि बाटोमा हिँड्दै गरेका ५ जना स्थानीय महिलाले उक्त रकम फेला पारी महानगरीय प्रहरी वृत्त जनसेवामा बुझाइदिएका थिए।

 

लामाले पैसा हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले फेला पारेको पैसाको सबै प्रमाण बुझेर हस्तान्तरण गरेको सो वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

लामाले ५ लाख रुपियाँ लिएर गएकामा महिलाको समूहले ४ लाख मात्रै फेला पारेको र बाँकी १ लाख ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीले फेला पारेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको जिम्मा लगाएका थिए। महाशाखाले पनि उक्त रकम लामालाई नै फिर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्