गीतकार अधिकारीले ल्याए तस्वीरको कथा



 

गीतकार तथा कवि दिनेश अधिकारीले नौलो प्रयोगका साथ नयाँ पुस्तक सार्वजनिक रेका छन्। अधिकारीले गत साउन २६ गतेबाट राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलामा फरक धारको पुस्तक सार्वजनक गरे तस्वीरको कथा।

नेपाल सरकारका मुख्यसचिव राजेन्द्र किशोर क्षत्री, गायक प्रेमध्वज प्रधान र साहित्यकार प्राडा अभि सुवेदीद्वारा संयुक्तरूपमा विमोचन गरिएको विमोचन समारोहमा अभि सुवेदीले भने– ‘यस्तोखाले किताब नेपालमा पहिलोपटक लेखियो र सबै वर्ग, पेसा र उमेरका मानिसले रुचाउने किताब बन्यो।’ कवि, गीतकार अधिकारीलाई आफ्नो अनन्य मित्रको रूपमा चिनाउँदै मुख्यसचिव क्षत्रीले तस्वीर आफैं बोल्छ भन्ने पढ्दै आएकामा अधिकारीले तस्वीर आफैं बोल्दैन, बोलाउनुपर्छ भन्ने सन्देश पुस्तकले दिएको चर्चा गरे। त्यसै गरी गायक प्रधानले पुस्तक ऐतिहासिक महत्त्वको भएको बताए।

पुस्तक प्रकाशनपछि शनिबार पुस्तक मेलामा रहेको बुकआर्ट नेपाल र रिडमोरको स्टलमा तस्वीरको कथाका लेखक दिनेश अधिकारी पुस्तकमा हस्ताक्षर गर्दै क्रेताहरुसँग फोटो खिच्न व्यस्त भेटिए। पाका उमेरका कवि र कथाकार द्वारिका श्रेष्ठ, माया ठकुरी, जसरज किराँती र अधिकारीका समकालीन साहित्यकारहरु विजय बजिमय, वियोगी बुढाथोकीदेखि लिएर नयाँ पुस्ताका कवि, साहित्यकार त्यहाँ पुगेका थिए। मोडल कला सुब्बा, गायिका कुन्ती मोक्तान, सुनीता सुब्बा संगीतकार राजु सिंह, बीबी अनुरागी, सन्तोष श्रेष्ठजस्ता संगीत क्षेत्रका व्यक्तित्व सँगसँगै पत्रकार, विद्यार्थी र पाका उमेरका मान्छे पनि प्रदर्शनीमा रहेको तस्वीरको कथामा झुम्मिएका थिए।

प्रतिक्रिया दिनुहोस्