‘भारत र चीनबीचको युद्धको काउन्ट डाउन शुरू ’



बेइजिङ, (एजेन्सी)
चिनियाँ विदेश मन्त्रालयले बुधबार ५३ जना भारतीय र एउटा भारतीय बुलडोजर आफ्नो भूभागमा रहेको दावी गर्दै तिनीहरूलाई तत्काल पछि हट्ने माग गरेपछि भारत र चीनबीचको सम्बन्ध थप तनावपूर्ण भएको थियो।

त्यसको अघिल्लो दिन चीनको सरकारी मुखपत्र चाइना डेलीले पनि दुई देशका फौजबीचको भिडन्तको काउन्ट डाउन शुरु भइसकेको जनाएको थियो। चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै दि ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतले चिनियाँ भूभागमा बिनाअनुमति प्रवेश गरेका आफ्नो फौज र उपकरण निशर्त फिर्ता लानुपर्दछ। यस घटनाले चिनियाँ सार्वभौममाथि गहिरो आँच पुगेको छ।’

दि चाइना डेलीले यदि भारतले विवादास्पद दोकलाम क्षेत्रबाट आफ्नो फौज फिर्ता नलगेको खण्डमा कुनै पनि हालतमा दुई देशबीच भिडन्त शुरु हुने आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ। भुटानले आफ्नो स्वामित्व दाबी गर्दै आएको दोकलाम क्षेत्रको विवादास्पद पठार हुदै जाने सडक चीनले विस्तार गर्न खोजेपछि भारतले विरोध गर्दा तनव शुरु भएको थियो।

लामो समयदेखि भारत र भुटानबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ। भारतको धर्मशालामा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धार्मिक नेता दलाई लामा पनि भारत र चीनबीचको तनावको अर्को विषय रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्