लेलेका वडा अध्यक्ष सिल्वाल जुटे सरसफाईमा



नेपाल समाचारपत्र, ललितपुर ।
बज्रबाराही नगरपालीका–५ का वडा अध्यक्ष मिलन सिल्वाल सरसफाईमा जुटेका छन् । वडा अध्यक्ष सिल्वालको अगुवाईमा तिलेश्वर मन्दिर परिषरमा रहेका ज्ञानकुण्ड मन्दिर र मन्दिरसँगै बग्ने खोलाको सरसफाई भएको हो ।

अध्यक्ष सिल्वालका अनुसार उहाँका अगुवाईमा शनिबार भएको सो सरसफाई कार्यक्रममा युद्ध भैरव गण र ज्ञान कुण्ड युवा क्वबको पनि सहभागिता रहेको थियो । युद्ध भैरब गणको नेतृत्व भने क्याप्टेन रामेश्वर कार्कीले गर्नु भएको थियो ।

नगर सफा हुन वडा पनि स्वच्छ र सफा रहनु पर्ने भन्दै मन्दिर परिषर सरसफाईमा जुटेको वडा अध्यक्ष सिल्वालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्