बोई विश्व च्याम्पियन बनिन्



 

लन्डन, (एजेन्सी)
अमेरिकाकी टोरी बोईले लन्डनमा जारी विश्व च्याम्पियनसिपमा एक सेकेन्डको फरकमा स्वर्ण पदक जितेकी छन्।

बोईले आइतबार राति महिला १ सय मिटर दौडमा स्वर्ण पदक जितेर दाबेदारीलाई पछाडि पारेकी थिइन्। उनी पहिलो हुँदा रियो ओलम्पिक २०१६ की च्याम्पियन जमैकाकी एलाइने थोम्पसनले रित्तो हातमै चित्त बुझाउनुपर्यो।

थोम्पसन १० दशमलव ९८ सेकेन्डको समयले पाँचौं स्थानमा रहँदा मेरी जोसे टा लु दोस्रो र डाफ्ने स्कीपर्स तेस्रो भए। थोम्पसनले रियो ओलम्पिकमा बोईलाई दोस्रो स्थानमा धकेलेर स्वर्ण जितेकी थिइन्।

अघिल्लो दिन मात्रै पुरुषतर्फ १ सय मिटर दौडमा अमेरिकाकै जस्टिन गेटलिनले विश्व च्याम्पियन युसेन बोल्टलाई स्तब्ध पारेका थिए। २६ वर्षीया बोईले रियोमा भन्दा सानदार दौड लगाएर लन्डनमा जमैकनको आशा तुहाइदिइन्। बोईले १० दशमलव ८५ सेकेन्ड समयमा स्वर्ण जितेकी थिइन्।

आइभोरी कोस्टकी टा लुले शुरूआतमा दौड जितेको सोचेकी थिइन्। उनले ट्रइकमा जितको खुसी पनि मनाइन्। तर बोर्डले बोईले जितेको घोषणा गरेको थियो। टा लु १० दशमलव ८६ सेकेन्डको व्यक्तिगत उत्कृष्ट समय बाबजुद रजत पदकमै सीमित भइन्। नेदरल्यान्डस्की स्कीपर्सले कांस्य जित्न १० दशमलव ९६ सेकेन्ड समय लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्