पाथिभरा गोल्डकप : दमकद्धारा ताप्लेजुङ ट्राईबेकरमा पराजित



रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङमा जारी दास्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको दास्रो खेलमा सोमबार सशस्त्र प्रहरीको फुटवल टिम दमकले ताप्लेजुङको कर्णसिंह सोनाम क्लवलाई ट्राईवेकरमा २–१ को गोल अन्तरले पराजित गरेको छ ।

सदरमुकाम स्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि नतिजा आउन नसकेपछि खेलको निर्णय ट्राईवेकरबाट लिएको हो ।

दमकलाई जित दिलाउने क्रममा जर्सि नं १० का सिसिर राई र जर्सि नं ९ का वुद्धिमान राईले गोल गरेका थिए । साथै ताप्लेजुङका जर्सि नं ८ का सुवोध साहिले आफ्नो टिमका लागि सान्तवना गोल गरेका थिए ।

यस अघि निर्धारित समयमा कर्णसिंह सोनामका जर्सि नं ९ का मन्जित येङदेनले खेलको २० औँ मिनेटमा गोल गरेका थिए भने सशस्त्र प्रहरिका जर्सि नं ९ का वुद्धिमान राईले पेनाल्टी मार्फत दास्रो हापमा गोल र्फकाएर खेललाई वरावर बनाएका थिए ।

निकै प्रतिस्पर्धात्मक मानिएको आजको खेलमा सशस्त्र प्रहरि फुटवल टिमका जर्सि नं ८ का धिरेन फागोले तथा ताप्लेजुङका जर्सि नं ३ रुविन आर्चायले पहेँलो कार्ड पाएका थिए । नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ ।

आगामि ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।

यसै विच भोलि हुने खेलमा पथरि स्र्पोटिङ क्लव पथरि र नव प्रयास क्लव ताप्लेजुङ विच खेल हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले वताएको छ । नव प्रयास आईतवार भएको खेलमा रेडहर्स क्लव इलामलाई जितेर आएको हो भने पथरीले भने पहिलो खेल प्रर्दशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्