रातको समयमा महिला एक्लै सुतिरहेको कोठामा खुसुक्क छिरेपछि…



पर्सा,(नेस) ।
पर्साको शंकरसरैया–५ मा घरमा सुतिरहेकी एक महिलाको कोठामा पसेर जर्वजस्ती करणी गर्न खोजेको आरोपमा सोहि ठाउँका ४२ वर्षीय दयाराम महतो थारु पक्राउ परेका छन् ।

साउन २० गते राति ८ बजे तिर कोठामा पसेर जवरजस्ती गर्न खोजेपछि पिडित महिलाले होहल्ला गरेपछि वरपरका स्थानीयले थारुलाई समातेर प्रहरीमा बुझाएका थिए ।

पक्राउ परेका थारुमाथि पनि जवरजस्ती करणी उद्योग मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै पर्साकै सुवर्णपुर गाउँपालिकाको ठोरीमा जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुवर्णपुर गाउँपालिका–१ ठोरीका रत्न बहादुर क्षेत्रीका छोरा दल बहादुर क्षेत्री रहेका छन् ।

गत साउन २० गते सुवर्णपुर गाउँपालिका–१ ठोरीकी एक ३५ वर्षीय महिलालाई बस्तुभाउ लिएर गोठालो गएका बेला जंगलमा लगेर दलबहादुरसहितका ३ जनाले सामुहिक करणी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अन्य २ जना भने फरार भएकाले खोजिकार्य भईरहेको प्रहरीको भनाई छ । पक्राउ परेका दलबहादुरमाथि जवरजस्ती करणी उद्योग मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्