केन्द्रीय डोजो पहिलो



 

नेपाल समाचारपत्र
काठमाडौं
केन्द्रीय डोजो मनमैजुले प्रथम उपत्यकाव्यापी वादोकाई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ। इन्टरनेसनल वादो फेडेरेसन नेपाल (वादोकाई) शाखा डोजो माछापोखरी र त्रिलोक चिल्ड्रेन एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा केन्द्रीय डोजोले ९ स्वर्ण, ७ रजत र ५ कांस्य पदक जित्यो। माछापोखरीस्थित नागार्जुन पार्टी प्यालेसमा भएको प्रतियोगितामा दोस्रो भएको ब्रह्मास्मी डोजोले ४ स्वर्ण र १ रजत हात पार्यो। ३ स्वर्ण र ५ रजत जितेको नयाँ बजार डोजोले तेस्रो स्थानमा चित्त बुझाएको छ।

प्रतियोगितामा मनमैजुकी सोनी राई सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषमा माछापोखरीका विकास घर्ती मगर तथा महिलामा मनमैजुकी दिव्या गुरुङ उत्कृष्ट खेलाडी चुनिए। पुरुषमा अद्वितीय स्कुलका अमिस बराम तथा महिलामा थेचो डोजोकी सविता माली उदीयमान खेलाडी ठहरिए। बुङ्मती डोजोले अनुशासित टिमको उपाधि हात पार्यो।

प्रतिक्रिया दिनुहोस्