सिक्टाले सुटुक्क गर्यो, परीक्षण



नेपाल समाचारपत्र, बाँके । सिक्टा सिंचाई आयोजनाले सुटुक्क नहरमा पानी छोडेको छ । गतवर्ष पानी छोड्दा मूल नहरनै भत्किएर संसदमा समेत हंगामा भएपछि आयोजनाले यसपाली परीक्षणका लागि नहरमा ‘अति कम’ पानी छोडेको हो ।
लामो समयसम्म पानी नपरेर धान रोप्न नपाएका किसानले चर्को दबाब दिएपछि सिक्टाले नहरमा पानी छोडेको थियो । गतवर्ष मूल नहर नै भत्किएर हच्चिएको आयोजनाले परीक्षणका लागि छोडेको पानी किसानको खेतमा भने पु¥याउन पाएन । आयोजनाका सूचना अधिकारी प्रकाशबहादुर कार्कीले किसानले चर्को दबाब दिएपछि नहरमा पानी छोडेको बताउनुभयो । उहाँले अति कममात्रमा छोडिएको पानी डुडुवा नालामा खसाइएको बताउनुभयो ।

शुक्रबार जिल्लामा ठूलो पानी परेकाले सिक्टाको नहरमा पानी छोड्न बन्द गरेको छ । ‘किसानको खेतमा पानी पु¥याउनका लागि अलिअलि गर्दै अगाडि बढाएका थियौं, ठूलो पानी प¥यो, आजदेखि हामीले रोकेका छौं, सूचना अधिकारी कार्कीले भन्नुभयो, अब आकाशे पानी नपरेको बेलामा सिक्टाले नहरको पानी किसानको खेतमा पु¥याउँछ ।’ एकैपटक धेरै पानी छोड्दा दुर्घटना व्यहोरिसकेको आयोजनाले यसपाली नहर सफा गर्दै थोरै पानी छोडेको थियो ।

मूल नहरको ३५ किलोमिटर खण्डमा पर्ने सिंधनिया शाखा नहर तथा डुन्डुवा सिंचाई प्रणालीअन्तर्गतको डुन्डुवा मूल नहरबाट खजुरा शाखा नहर, मानपुर शाखा नहर तथा पुरैना, पुरैनी उपशाखा नहरहरुमा पानी सञ्चालन गर्न थालेको आयोजनाले जनाएको छ । आयोजनाले यी नहर खण्डमा आवश्यकता अनुसार पानी छोड्ने भएकाले आफू तथा आफ्ना बालबालिका एवं पशु चौपायालाई भित्र पस्न नदिन सार्वजनिक अपिल गरेको छ । यी नहरबाट जिल्लाको दुई हजार एक सय हेक्टर जमिनमा सिंचाई पु¥याउने आयोजनाले जनाएको छ ।

गौरवको आयोजना सिक्टा सम्पन्न भएमा जिल्लाको ४३ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्छ । आयोजनालाई आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०६१÷०६२ मा नेपाल सरकारको आन्तरिक स्रोतबाट सिक्टाको काम थालिएको थियो । २०७१÷०७२ मा संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत २५.०२ अर्ब रहेको छ । अहिलेसम्म सिक्टाको भौतिक प्रगति आधाबढी रहेको छ ।

बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान रोपाई हुने गर्दछ । यो वर्ष पुरै क्षेत्रफलमा रोपाई हुने संभावना कम छ । साउनको मध्यकटिसक्दा आधा रोपाई भएको छैन, जिल्लामा । शुक्रबारमात्रै ठूलो वर्षा भएकाले किसानहरु खेतबारीमा जुटेका छन् । यद्यपि, अहिलेसम्ममा बिउ बूढो भइसकेको छ । समयमा पानी नपर्ने र अन्तिममा बाढी आउने समस्या रहदै आएको छ । खडेरी, अतिवर्षाले गर्दा बाँके खाद्यान्न उत्पादनमा परनिर्भर हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्